पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर जिल्ला हिलिहाङ गाँउपालिका ७ हेवाखोला स्थित मेचि राजमार्गमा शुक्रबार साँझ फरचुनर टोयटा गाडी दुर्घटना हुँदा सवारी चालकको मृत्यु भएको छ । दुर्घटनामा सवारी चालक नेपालगञ्जका बर्ष ३५ का श्याम बिकको मृत्यू भएको पाँचथर प्रहरीले जानकारी दिएको छ । उनको उपचारको लागि पाँचथर अस्पताल ल्याईएको र उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
शुक्रबार साँझ करिब ५ः४५ बजेको समयमा ताप्लेजुङबाट झापातर्फ जादै गरेको त्रिशक्ति कन्ट्रक्सनको कर्मचारीहरू बोक्ने बा १७ च ७९९९ नं. को फरचुनर टोयटा गाडी अनियन्त्रित भई सडकदेखि करिव २०/२५ मिटर तल झरी दुर्घटना भएको हो ।
दुर्घटनामा ईलामका बर्ष ३१ का लक्ष्मण मुखिया घाईते भएका छन । घाईतेको अवस्था मध्यम रहेको र थप उपचारको लागि झापातर्फ रेफर गरिएको छ ।

तश्विर उपलब्धः सन्तोष श्रेष्ठ

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ९ : १८ बजे