पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१० जेठ, पाँचथर । दिपेन्द्र तुम्बापोको अध्यक्षतामा नेकपा एमाले फिदिम नगर कमिटि गठन भएको छ । एमाले फिदिम नगर कमिटिको विहिबार फिदिममा सम्पन्न दोस्रो नगर अधिवेशनले तुम्बापोको अध्यक्षतामा नयाँ कमिटि निर्वाचित गरेको हो ।

कमिटिको उपाध्यक्षमा दिपेन्द्र मगर, सचिव सुमन चापागाई, उपसचिव कोपिला लिम्बू र सूर्यकुमार मगर निर्वाचित भएका छन् । पदाधिकारी सहित जम्मा ५५ सदस्यीय नगर कमिटि गठन भएको एमाले जिल्ला सदस्य जलकुमार तामाङले जानकारी दिए ।

अधिवेशनको उद्घाटन सत्रलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिट ब्युरो सदस्य, पाँचथर इन्चार्ज तथा पूर्व प्रदेश मन्त्री तिलकुमार मेन्याङ्बो, प्रदेश कमिटि सचिव राजकुमार भण्डारी, जिल्ला कमिटि सचिव पृथ्वी लावती लगायतले संबोधन गरेका थिए ।

नगर कमिटिका संयोजक दिपेन्द्र तुम्बापो अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रलाई सुमन चापागाईले संचालन गरेका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ९ : १५ बजे