पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

९ जेठ, पाँचथर । फालेलुङ गाउँपालिका ३ स्थित नाम्लुवा भञ्ज्याङमा जेठ १८ र १९ गते साहित्यिक एवं साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ ।

फालेलुङ गाउँपालिकाको बाङमय प्रतिष्ठानले मंगलबार फिदिममा पत्रकार सम्मेलन आयोजना गरी महोत्सव आयोजना हुने जानकारी दिएको हो । स्थानीय साहित्य, कला, संस्कृति, भाषा तथा संगीतको संरक्षण तथा सम्बद्धन गर्न महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङले बताए ।

स्थानीय प्रेमबादी सामुदायिक भवनमा आयोजना हुने महोत्सवको पहिलो दिन औपचारिक उद्घाटन र सम्मान कार्यक्रम गरिनेछ । पालिकाभित्र रहेर सामाजिक, राजनीतिक, शैक्षिक, कला, खेलकुद र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिने अध्यक्ष केरुङद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै सोही दिन साहित्यिक रचना समेत वाचन हुने जानकारी दिइएको छ ।

महोत्सवको दोस्रो दिन स्थानीय विभिन्न साँस्कृतिक झाँकी प्रस्तुती, कलाकारहरुको प्रस्तुती सहित गायिका ज्योति मगरको सांगीतिक प्रस्तुती रहने छ । सोही दिन महोत्सवको औपचारिक समापन समेत गरिने अध्यक्ष केरुङले जानकारी दिए ।

पाँचथर जिल्लाका आठ स्थानीय तह मध्ये साहित्य कला संस्कृतिको क्षेत्र जगेर्ना गर्न फालेलुङ गाउँपालिकाले मात्र प्रतिष्ठान गठन गरेको छ । प्रतिष्ठानले गत वर्ष समेत साहित्यिक महोत्सव आयोजना गरेको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  २ : १७ बजे