पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

६ जेठ, पाँचथर । पाँचथरका उदय केरुङले सर्वोच्च शिखर सगरमाथा चुमेका छन् । फालेलुङ गाउँपालिका ३ का ३३ वर्षीय केरुङले आइतबार बिहान ६ बजेर ८ सेकेन्डकाे समयमा सगरमाथा चुमेका हुन् ।

एट–के एक्सपिडिसन ट्रेकिङ कम्पनी मार्फत सगरमाथा आरोहण गरेका उनी बिहिबार मध्यरातमा आधार शिविरबाट आरोहण दलका २२ जना सदस्यसँगै शिखरको चुचुरो तर्फ प्रस्थान गरेका थिए । कम्पनीका व्यवस्थापक पेम्बा शेर्पाका अनुसार आरोहण दलमा सहभागीमध्ये अधिकांशले बिहान ७ बजेभित्र सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

केरुङले यस अघि मनास्लु र मेरा पिक हिमालको सफल आरोहण गरेका थिए । सगरमाथा आरोहण गर्ने केरुङ पाँचथरका दोस्रा आरोही हुन् । यस अघि कुम्मायक २ मङजावुङका सुशील शेर्माले सगरमाथा आरोहण गरिसकेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  १० : १६ बजे