पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२४ वैशाख, पाँचथर । सुन र नगद चोरी गरेको आरोपमा फिदिम नगरपालिका १ का २८ वर्षीय सुरेन भनिने सुरेन्द्र योङ्यालाई आइतबार पूर्पक्षका लागि कारागार चलान गरिएकाे छ।

जिल्ला अदालत पाँचथरको आदेशले आरोपितलाई पूर्पक्षका लागि थुनामा कारागार चलान गरिएकाे हाे । अदालतले माग गरेको १ लाख ५० हजार धरौटी रकम बुझाउन नसकेपछि उनलाई पूर्पक्षका लागि थुनामा कारागार चलान गरिएको अदालतले जनाएको छ ।

फिदिम नगरपालिका २ बस्ने विष्णुकुमारी तामाङको घरमा आरोपितले २०८० चैत्र २८ गते चोरी गरेको भन्दै पीडितले प्रहरीलाई जानकारी गराएकी थिइन् । घटना लगत्तै गिरफ्तार गरिएका आरोपितलाई अनुसन्धान गर्ने क्रममा प्रहरी हिरासतमा राखिएको थियो ।

पीडितले आरोपित विरुद्ध चैत्र २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् । आरोपितको अनुसन्धान गर्ने क्रममा उनको साथवाट १५ हजार नगद समेत बरामत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुस्वाहाले बताए । आरोपितले चोरी गरेको सुन निलेको आशंकामा एक्स–रे गर्दा धातु जस्तो पदार्थ देखिएको र विविध विधिवाट सुन निकालिएको प्रहरी निरीक्षक कुस्वाहाले जानकारी दिए ।

प्रहरीले आरोपितलाई चोरी सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ७ : ३० बजे