पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१८ वैशाख, पाँचथर । इलाम २ मा प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन ।

वैशाख १५ गते भएको उपनिर्वाचनमा एमालेका नेम्वाङले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै संसद भवन प्रवेश गर्ने एमालेका कान्छो सांसद भएका हुन् । मंगलबार विहान प्राप्त अन्तिम मत परिणाम अनुसार नेम्वाङले २७ हजार ७ सय ७२ मत पाए भने कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन । यसरी हेर्दा विजेता र निकटतम प्रतिदन्द्धिको मतान्तर ५ हजार ८ सय ३० रहेको छ ।

यस्तै पहिचान पक्षधर उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत ल्याएका छन । यस क्षेत्रको उपनिर्वाचनमा १९ जना उम्मेद्वार प्रतिस्प्रर्धामा थिए । २०८० भदौ २७ मा पूर्व सभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ रिक्त थियो ।

आफ्नो पार्टीका उम्मेद्वारको जित भएपछि बधाई दिनका साथै विजय उत्सव मनाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । र्याली पछि आयोजित सभालाई संबोधन गर्दै एमाले अध्यक्ष ओलीले सुहाङलाई बधाई दिंदै इलामे मतदातालाई धन्यवाद व्यक्त गरे । आफ्ना उम्मेदवारलाई विजयी गराउन खट्ने सवै कार्यकर्तालाई समेत ओलीले धन्ववाद व्यक्त गरे । सभालाई संबोधन गर्दै उपनिर्वाचनमा निर्वाचित सांसद सुहाङ नेम्बाङले उम्मेदवार दिने पार्टीको नेतृत्व, सहयोग गर्ने सहयोगीका साथै मतदाताहरुलाई धन्यवाद व्यक्त गरे । उनले मतदाताहरुको पछुताउनु पर्ने गरी कहिल्यै पनि काम नगर्ने बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ८ : १६ बजे