पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१७ बैशाख, पाँचथर। इलामको माई नगरपालिका २ दिपु डाँडामा सौतेनी आमा ३१ बर्षीया नेत्रमाया खवासको हत्या गरेको आरोपमा छोरा २१ वर्षीय सन्देश दियालीलाई प्रहरीले मंगलबार गिरफ्तार गरेको छ ।

मादक पदार्थ सेवन गरेर घर आएका दियालीले घरायसी बिबादको क्रममा आफ्नै सौतेनी आमा खवासलाई सोमबार राती ११ बजे बाम्फोकले प्रहार गर्दा उनकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । खवासको दाहिने हात पुर्ण रुपमा छिनेको, टाउको र शरीरको बिभिन्न भागमा समेतमा गम्भिर चोट देखिएको अस्पतालले जनाएको छ ।

प्रहरी चौकी दानबारीबाट घटना स्थलमा खटिएको टोलीले हत्यामा संलग्न दियालीलाई धारीलो हतियार सहित नियन्त्रणमा लिएको थियो । आरोपित खबासलाई अदालतवाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : १५ बजे