पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

९ बैशाख, पाँचथर । हिलिहाङ गाउँपालिका ७ माथिल्लो सल्लेरी स्थित मेची राजमार्गमा आईतबार भएको ट्याक्सी दुर्घटनामा परी गंभीर घाईते भएका ८ जनालाई उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।

ताप्लेजुङबाट झापातर्फ जादै गरेको मे १ ज १९४७ न. को टाटा सुमो ट्याक्सी दुर्घटना हुँदा घाईते भएका ८ जनालाई थप उपचारका लागि अन्यत्र रेफर हो । दुर्घटनामा परेका ट्याक्सीमा सवार १४ जना मध्ये गंभीर स्वास्थ्य अवस्था भएका विरामीहरुलाई रेफर गरिएको अस्पतालले जनाएको छ ।

यसरी रेफर गरिएका घाईतेहरुमा ट्याक्सी चालक जिल्ला उदयपुर त्रियुगा नगरपालिका ७ का ३४ वर्षीय प्रबिन दनुवार, जिल्ला ताप्लेजुङ मिक्वाखोला गाउँपालिका २ का ३८ वर्षीय चन्द्रप्रसाद थापा, जिल्ला झापा मेचीनगर नगरपालिका ६ बर्मेली टोल ३६ वर्षीया बन्धना भण्डारी (सुवेदी), निजको छोरा १२ वर्षीय प्रसान सुवेदी र निजकै छोरी वर्ष ९ कि प्रसना सुवेदी रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुमित कुस्वाहाले बताए । यसै गरी, जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका ३ बस्ने ३६ वर्षीया कमला रसाईली, निजकै छोरी ३ वर्षीया तुलसा रसाईली र जिल्ला ताप्लेजुङ मिक्वाखोला गाउँपालिका २ का ५७ वर्षीय झरेन्दप्रसाद थापा रहेको प्रहरी निरिक्षक कुस्वाहाले जानकारी दिए।

ट्याक्सी आफै अनियन्त्रित भई दुर्घटना भएको देखिएको र घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ९ : १७ बजे