पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

३ वैशाख, पाँचथर । दोस्रो संस्करणको याङनाम गोल्डकको उपाधी आयोजक रातोले जितेको छ । फिदिम १० स्थित इमानसिङ रङशालामा आईतबार सम्पन्न फाईनल खेलमा फिदिम नगरपालिकालाई टाईब्रेकरमा हराउँदै आयोजक रातोले उपाधी हात पारेको हो ।

निर्धारित समयमा दुवै टिमवाट समान दुई–दुई गोल भएपछि उपाधीको छिनोफानो टाईब्रेकरवाट लिइएको थियो । टाईब्रेकरमा आयोजक रातोका पाँच खेलाडीको प्रहारले जाली चुमेको थियो भने फिदिमका चार खेलाडीको प्रहार मात्र सफल भएको थियो ।
दोस्रो हाफमा फिदिम १–२ गोलले पछि परेको अवस्थामा १० खेलाडीमा सीमित भएको थियो । पछि परेको अवस्थामा समेत फिदिम १ गोल गर्दै खेलमा फर्किएको थियो ।

उपाधी चुमेको आयोजक राताले रु २ लाख २ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पा¥र्यो भने उपविजेतामा सीमित फिदिमले रु १ लाख १ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझायो । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई समेत जनही ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट खेलाडीको उपाधी जित्न सफल खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि समाजसेवी शुभराज थाम्सुहाङ लगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । याङनाम फङनाम मेलाको अवसरमा फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष एवं फिदिम नगरपालिका वडा नं. १० वडाअध्यक्ष होमराज थाम्सुहाङले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १२ : ५८ बजे