पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२ वैशाख, पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका ६ स्थित माझीटारमा आईतबार जिप दुर्घटना हुँदा १० जना घाईते भएका छन् ।

तेह्रथुमवाट ताप्लेजुङ जाँदै गरेको स १ ज २०६१ नम्बरको जिप तेह्रथुम र पाँचथरको सीमना नजिकै दुर्घटना हुँदा सो जिपमा सवार १० जना यात्रु घाईते भएका हुन् । दुर्घटनाका घाईतेहरुलाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

घाईते मध्ये तीन जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ । रेफर हुनेमा मेन्छ्यायाम गाउँपालिका ५ की रुपा बस्नेत, दुर्गा बस्नेत र १८ महिनाकी बालिका रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्पा सामान्य भएका अन्य विरामीको उपचार भईरहेको अस्पतालले जानकारी दिएको छ ।

घटनाकाे विषयमा छानविन भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  १० : ४९ बजे