पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२७ चैत्र, पाँचथर । दोस्रो संस्करणको याङनाम गोल्डकप फुटवल प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । पालिका स्तरीय टिम सहभागी हुने प्रतियोगिता फिदिम नगरपालिका १० याङनामको खलङगाटार स्थित इमानसिङ रंगशालामामा सुरु हुन लागेको हो ।

याङनाम फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको दिउँसो २ वजे हुने उद्घाटन खेलमा आयोजक सेतो र कुम्मायक गाउपालिका आमने सामने हुनेछन् । दोस्रो दिन चैत २८ गते हिलिहाङ गाउपालिका र आयोजक रातो तथा सोहि दिनको दोस्रो खेलमा फिदिम नगरपालिकाले फाल्गुनन्द गाउपालिकाका सामना गर्नेछ । यसै गरी, चैत २९ गते याङवरक गाउपालिका र तुम्बेवा गाउपालिका तथा सोहि दिनको दोस्रो खेल मिक्लाजुङ गाउँपालिकाले फिदिम नगरपालिका र फालेलुङ गाउपालिकाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

चैत ३० गते पहिलो सेमिफाइनल खेल र वैशाख १ गते दोस्रो सेमिफाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ । गोल्डकपको फाइनल खेल वैशाख २ गते हुनेछ ।

गोल्डकपको विजेताले २ लाख २ हजार नगद सहित ट्रफी मेडर प्रमाण पत्र हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार रुपैँया नगद सहित प्रदान गरिने फिदिम नगरपालिका वडा नं. १० का वडाअध्यक्ष ओमराज थाम्सुहाङले बताए । प्रतियोगिता सम्पन्न गर्न ८ लाख ५५ हजार अनुमानित खर्च हुने अध्यक्ष थाम्सुहाङले जानकारी दिए ।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार रुपैँया पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्वाधिक गोलकर्ता रउदयीमान खेलाडिले जनहि नगद ५-५ हजार पाउनेछ ।

नयाँ वर्षको अवसरमा वर्षेनी लाग्दै आएको याङनाम फुङनाम मेलाको अवसरमा गोल्डकप आयोजना हुन लागेको हो । मेलाको अवसरमा वैशाख १ गते चर्चित कलाकारहरु पदम राई, ग‌गा फियाक, प्रितिका वेघा लगायतका कलाकारहरुको उपस्थितिमा बृहत साँगितीक कार्यक्रम समेत सञ्चालन गरिने अध्यक्ष थाम्सुहाङले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ११ : ०२ बजे