पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२५ चैत्र, पाँचथर । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको अध्यक्षमा सुरेन शिशिर केरुङ अध्यक्षता चयन भएका छन् । फिदिममा शनिबार सम्पन्न चुम्लुङको नवौं जिल्ला अधिवेशनवाट फालेलुङ बाङमय प्रतिष्ठानको अध्यक्ष समेत रहेका केरुङलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्ष सुवास तुम्बापो, उपाध्यक्ष जितेन चेम्जोङ र सचिव कमल हाङसरुम्बा चयन भएका छन् । यसै गरी, सहसचिवमा पुर्ण परिचित जबेगु र कुमार यवा मौसम रहेका छन् भने कोषाध्यक्ष सीमा तुम्बापो निर्वाचित भएकी छिन् ।

समितिको सदस्यहरुमा टिकामाया नेम्बाङ, नरेश काम्बाङ, उपेन्द्र एक्तेन, मनेन्द्र केरुङ, मचिन्द्र लोवा, दिपक नेम्बाङ, भुपेन्द्र योङहाङ, सीता जबेगु र अन्जु योङहाङ निर्वाचित भएका छन् । समितिको अन्य सदस्यहरु सीता योङहाङ, मन कुमारी शेर्मां, कमला तुम्बापो, सेसेहाङ लावति, वीरबहादुर केरुङ, जगत बहादुर केरुङ, रोहित आङ्बो, राजेन्द्र केरुङ, सुनिता केरुङ, महेन्द्र तुम्बापो र सुशीला देवान रहेका छन् ।

अधिवेशनले तीन जना जिल्ला चुम्लुङ सदस्यहरु समेत निर्वाचित गरेको छ । निर्वाचित हुने जिल्ला चुम्लुङ सदस्यहरुमा महेन्द्रकुमार आङदेम्बे, पदमकुमार मेयोङबा र मनकुमार आङदेम्बे रहेका छन् ।

अधिवेशनको उद्घाटन सत्र शुक्रबार आयोजना गरिएको थियो । उद्घाटन सत्रका प्रमुख अतिथि प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकास मन्त्री माननीय कमल जवेगुले आदिवासी जनजातिहरुको हक अधिकार स्थापित गर्न राज्य जिम्मेवार हुनु पर्ने बताए । राज्यले सवै जातजातिको भाषा, संस्कृतिको जगेर्ना गर्न नीति तथा कार्यक्रम निर्माण गर्नु पर्नेमा मन्त्री जवेगुले जोड दिए ।

उद्घाटन सत्रमा विभिन्न राजीतिक दल, कार्यालय र संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सोही अवसरमा कलाकारहरुले सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । उद्घाटन सत्र सुरु हुनु अघि झाँकी सहितको ¥यालीले फिदिम वजार परिक्रमा गरेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ९ : ४३ बजे