पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

युधिष्ठिरराज आमगाई

फिदिम । फालेलुङ गाँउपालिकाको नेतृत्वमा ‘सातौं फालेलुङ चौरी पर्यटन महोत्सव’ सम्पन्न हुने भएको छ । पाँचथरको फालेलुङ गाँउपालिका वडा नं ४ स्थित चारराते क्षेत्रमा सातौं सस्करणको महोत्सव आयोजना गर्न लागिएको हो । नयाँ बर्ष २०८१ सालको उत्सवका रुपमा चैत्र ३० गते देखि ८१ साल बैसाख २ गते सम्म तिन दिन चौँरी-पर्यटन महोत्सव संचालन हुने जानकारी शुक्रबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको छ ।
चारराते छिमेकी मुलुक भारतसंगको सिमावर्ति क्षेत्र हो । भारतको पस्चिम बंगाल राज्य संगको सिमा क्षेत्र रहेको यस क्षेत्रमा ‘प्राचिन चौंरी सस्कृत र चौरीमा आधारित जनजिवन’ रहेको छ । महोत्सवको मुख्य उदेश्य चौँरी संस्कृतिलाई संरक्षण गर्नु र चौंरीलाई पर्यटनसंग जोडी यस क्षेत्रको पर्यटन विकासमा जोड गरिएको फालेलुङ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरवहादुर आङदेम्बेले बताए ।
आयोजकले महोत्सवमा दर्जन भन्दा बढी क्रियाकलापहरु संचालन एवं प्रदर्शन गर्ने जानकारी दिएको छ । ६ सय भन्दा बढी चौँरी प्रदर्शन गर्ने, याक राईडिङ गर्ने, स्थानीय धरेलु हिमाली सस्कृतिको प्रदर्शन गर्ने, स्थानीय उत्पादनको बिक्रि गरिने, पर्या-पर्यटन, जैविक विवधता र हिमालयन सस्कृति एवं दृष्यहरुको प्रदर्शनी गरिने फालेलुङ गाँउपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले जानकारी गराए ।


महोत्सवमा ५ हजार भन्दा बढी आन्तरिक एवं बाह्य पर्यटक र स्थानीयको सहभागिता रहने आयोजकले जनाएको छ । छिमेकी मुलुक भारतको दार्जीलिङ, सिक्किम, कलकत्ता, सिलिगुडी, भूटान, बर्मा र चिनसम्मका पर्यटक सहभागी हुने र पाँचथर सहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा काठमाण्डौका पर्यटन व्यवसायी र सर्वसाधारणले महोत्सवको अवलोकन गर्ने विश्वास आयोजकले राखेको फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रबर्द्धन संस्थाका महासचिव डिल्ली आङजुम केरुङले बताए ।
उनका अनुसार, जिल्लाका पत्रकार, फालेलुङ गाँउपालिकाका जनप्रतिनिधि, स्थानीय चौरीपालक र पर्यटन ब्यवसायी विच ‘पर्यटन र सञ्चार’ विषयक अन्तरक्रिया, झाँकी प्रदर्शन, याक नृत्य, चौँरीसँग सम्बन्धित खेल प्रदर्शन, मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दोहोरी प्रतियोगिता, उत्कृष्ठ पर्यावरण संरक्षण सम्मान कार्यक्रम र मैत्रीपूर्ण तथा साहसिक फुटबल प्रतियोगिता लगायतका कार्यक्रमहरु सञ्चालन हुनेछन ।
महोत्सवमा चौरीको दुधबाट बनाइएका परिकारहरु, चौंरी र भेडाको उनबाट बनेका पहिरनहरु र लेकाली क्षेत्रमा पाईने जडिबुटि तथा कृषिजन्य बस्तुको स्टलहरु राख्ने तयारी रहेको आयोजकको भनाई छ ।
फालेलुङ गाँउपालिकाबाट ५ लाख, नेपाल पर्यटन बोर्डबाट ३ लाख र मनराम कम्पनीबाट १ लाख गरि जम्मा ९ लाखको अनुमानित लागतमा महोत्सव सम्पन्न गर्ने लक्ष्य राखिएको गाँउपालिकाका अध्यक्ष विर विक्रम थाम्सुहाङले बताए ।
फालेलुङ गाँउपालिका मूख्य आयोजक रहेको उक्त महोत्सव सम्पन्न गर्न फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रबर्द्धन संस्था, दीप ज्योति युवा क्लब र कञ्चनजंघा चौँरीपालक तथा संरक्षण संस्था आयोजक छन् ।
सदरमुकाम फिदिममा आयोजना गरिएको पत्रकार सम्मेलनमा गाँउपालिकाका अध्यक्ष विर विक्रम थाम्सुहाङ, उपाध्यक्ष महेन्द्रहाङ जबेगु, प्रवक्ता भरत खपाङ्गी, प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङ्देम्बे लगायत आयोजक संस्थाका प्रमुख र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  १२ : २५ बजे