पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

नवमीडाँडा। पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा हजार दिने आमाहरुलाई सम्मान तथा पोषण सामग्री वितरण र पूर्ण खोप सुनिश्चितता वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
फाल्गुनन्द गाउँपालिका १ नम्बर वडा कार्यालय नवमीडाँडाको आर्थिक सहयोगमा प्रसुतीसेवा कार्यक्रम अन्तर्गत नवमीडाँडाका सबै हजार दिने आमाहरुलाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको हो । फाल्गुनन्द १,नवमीडाँडामा रहेका १ सय ३० जना हजार दिने आमाहरुलाई पोषणयुक्त खानेकुराहरु चना,अण्डा,आयो नुन,तथा हरियो सागसब्जी वितरण गरिएको थियो ।


यस्तै उक्त वडामा रहेका १६ महिना देखि ५९ महिनासम्मका सबै बालबालिकहरुले १५ महिनाको उमेरभित्र पाउनुपर्ने सम्पूर्ण खोपहरु प्राप्त गरी पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा फाल्गुनन्द १ नम्बर वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ ।
पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ (तेस्रो संस्करण २०७७) बमोजिम सम्पूर्ण प्रक्रियाहरु पूरा गरिएको हुँदा फाल्गुनन्द १ नम्वर वडालाइ वडाध्यक्ष होम प्रसाद आङ्देम्बेले पूर्णखोप सुनिश्चितताको प्रतिवद्धतापत्र वाचन गरेर पूर्णखोप सुनिश्चितता वडा घोषणा गर्नुभएको थियो ।


कार्यक्रमममा फाल्गुनन्द गाउँपालिका कार्यपालिका सदस्य कमला पराजुली दुलाल, सिद्धदेवी माविका प्रधानाध्यापक विरेन्द्र कुमार खड्का,सिद्धेश्वरी माविका प्रधानाध्यापक दिपक प्रसाद दुलाल,फाल्गुनन्द गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बेचन मण्डल, सह संयोजक बालकृष्ण दाहाल लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा फाल्गुनन्द १ नम्बर वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गर्नका लागि अहोरात्र खट्नुहुने महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई प्रशंसापत्रद्धारा सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा जननिर्वाचित प्रतिनिधीहरु,संघसंस्थाका प्रतिनिधीहरु, विद्यालयका प्रधानाध्यापकहरु,महिला स्वास्थ्य स्वयम सेविकाहरु तथा नवमीडाँडाका सबै हजार दिने आमाहरुको उपस्थिती रहेको थियो ।
स्वास्थ्य चौकी नवमीडाँडाले आयोजना गरेको कार्यक्रमफाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेको प्रमुख आतिथ्यता र वडा नं.१ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ३ : २९ बजे