पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

११ चैत्र, पाँचथर । सुरेन शिशिर केरुङको अध्यक्षतामा केरुङ चोत्लुङ सङजुम्भोको नयाँ कार्य समिति गठन भएको छ । फालेलुङ ७ सिदेनमा शनिबार सम्पन्न सङजुम्भोको तेस्रो राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलनले शिशिरको नेतृत्वमा १८ सदस्यीय समिति गठन गरेको हो ।

दुई दिनसम्म चलेको सम्मेलनले गठन गरेको समितिमा उपाध्यक्ष मनकुमार केरुङ, महासचिव सागर केरुङ, सचिव युगल केरुङ र कोषाध्यक्षमा बीरबहादुर केरुङ निर्वाचित भएका छन् । यसै गरी, कार्य समितिको सदस्यमा धनप्रसाद केरुङ, खड्गबहादुर केरुङ, पदम केरुङ, प्रेमहाङ केरुङ, विष्णुप्रसाद केरुङ, रविन केरुङ, धनेन्द्र केरुङ, अमृता केरुङ, राजेन्द्र केरुङ, शुक्र केरुङ, दिलकुमार केरुङ, राधिका केरुङ र सुनिता केरुङ चयन भएका छन् ।

केरुङ बन्धुहरुबीच आपसी सदभाव भाईचारा, एकताका साथै आफ्नो इतिहासको खोज अनुसन्धान र संस्कार संस्कृतिको संरक्षण गर्न संस्था स्थापना एवं सम्मेलन आयोजना गरिएको अध्यक्ष केरुङले बताए । निर्वाचित समितिको वैठकवाट बाँकी तीन जना सदस्यहरु मनोनित गरी समितिलाई पूर्णता दिईने अध्यक्ष केरुङले जानकारी दिए ।

सम्मेलनको उद्घाटन सत्रलाई संबोधन गर्दै प्रमुख अतिथि प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकास मन्त्री माननीय कमलप्रसाद जवेगुले भाषा, संस्कार, संस्कृतिको संरक्षण प्रवद्र्धनमा लाग्नु पर्ने बताए । राज्यले सवै जातजातिको संस्कृतिको संरक्षण एवं प्रवद्धन गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे । सम्मेलनको उद्घाटन सत्रलाई जिल्ला समन्वय समिति पाँचथरका उपप्रमुख यामबहादुर आङबो, इलाम चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, सङजुम्भोका सल्लाहकार एवं नेपाली काँग्रेसका निवर्तमान सभापती नरेन्द्रकुमार केरुङ लगायतले संबोधन गरेका थिए ।

कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमा निर्वाचित केरुङ जनप्रतिनिधि, साहित्यकार, कलाकारहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने जनप्रतिनिधिहरुमा चुलाचुली गाउँपालिका इलामका अध्यक्ष राजेन्द्र केरुङ, फालेलुङ गाउँपालिका वडा नंं ३, ७ र ८ का वडाअध्यक्षहरु क्रमशः शक्ति केरुङ, टेकबहादुर केरुङ र श्रीहाङ केरुङ रहेका छन् । यसै गरी, साहित्यकार तथा फालेलुङ बाङमय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङ, हिमाल आरोही उदय केरुङ, कलाकार सुनिल केरुङ, मिङसोहाङ केरुङ सहित ११ जनालाई सम्मान गरिएको सङजुम्भोका निवर्तमान महासचिव जयप्रकाश केरुङले बताए ।

विभिन्न झाँकी समेत प्रस्तुत गरिएको कार्यक्रममा तिर्सना नेम्बाङ, प्रितिका बेघा, मिङसोहाङ केरुङ, सुनिल केरुङ लगायतका गायक गायिकाले प्रस्तुती दिएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ६ : २४ बजे