पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

७ फागुन, पाँचथर । चट्याङ लागेर हिलिहाङ गाउँपालिका स्थित प्रहरी चौकी गोपेटार पाँचथरमा कार्यरत प्रहरी सहायक हवल्दारको मंगलबार मृत्यू भएको छ ।

मृत्यू हुनेमा जिल्ला मोरङ ग्रामथान गाउँपालिका ४ का ३५ वर्षीय पाण्डवकुमार माझी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुमित कुसवाहाले बताए । साँझको गस्ती गरिरहेको अवस्थामा हावाहुरी, पानी, चट्याङ परेकोले कार्यालय फर्किएर ब्यारेक भित्र हेण्ड-सेट बन्द गरि ढोकामा आएर उभिरहेको अवस्थामा उनलाई चटयाङ्ग लागेको प्रहरी निरिक्षक कुसवाहाले जानकारी दिए ।

चट्याङ लागी घाईते भएका माझीलाई प्राथमिक स्वास्थ केन्द्र गोपेटारमा प्राथमिक उपचार गरिएकाे थियाे । उनकाे थप उपचारका लागि जिल्ला अस्पताल पाँचथर भर्ना गरी चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेका थिए । उनकाे लास पोष्टमार्टमका लागि शव गृहमा राखिएको र आफन्त आएपछि प्रक्रिया पूरा गरी अन्त्येष्टी गरिने प्रहरी निरिक्षक कुसवाहाले जानकारी दिए ।

मृतक माझी इलाका प्रहरी कार्यालय मौवा पाँचथर दरबन्दी भई हाल प्रहरी चौकी गोपेटार पाँचथरमा कार्यरत थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ४ : १९ बजे