पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा मृतकको संख्या ८ पुगेकाे छ। मृत्यु हुनेमा चारजना पुरुष र चार महिला रहेका छन् । उनीहरुकाे सनाखत भने हुन सकेको छैन।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएकाहरूको शव सङ्कलन कार्य भइरहेको छ। घाइतेहरू मध्ये २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।

रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो। जसमा ३० जना घाइते भएका थिए।

घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको छ भने २ जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विकले जानकारी दिए।

‘घाइते र मृत्यु भएकामध्ये कसैको पनि पहिचान हुन सकेको छैन, घाइतेको उद्धार गरेर अस्पताल पठाइएका छौँ, अहिले हामीहरू घटनास्थलमै छौँ, शव सङ्कलन गर्ने क्रममा छौँ, घाइतेमध्ये अधिकांश अवस्था ‘क्रिटिकल’ छ।’ उनले भने।

साभार- नागरिक न्युज

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १० : ३० बजे