पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

५ फागुन, पाँचथर । फाल्गुनन्द गाउँपालिका ५ घुर्मिसे पञ्चमीमा आईतरबार राती भएको आगलागीवाट तीन घरमा क्षती पुगेको छ ।

आगलागीवाट दुई ओटा घर पूर्ण रुपमा क्षती भएको र एउटा घरमा भने आंशिक मात्र क्षती भएको प्रहरीले जनाएको छ । स्थानीय अम्बिका सापकोटा र श्री नारायण भट्टराई बस्दै आएको ढुङगा, माटो र काठले बनेको टिनको छाना भएको दुई तले घर र कबिन्द्र लावती र भुपेन्द्र रिजाल बस्दै आएको ढुङगा, माटो र काठले बनेको टिनको छाना भएको दुई तले संयुक्त घर पूर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुमित कुसवाहाले बताए । घर भित्र रहेको अन्नपात, लत्ता कपडा, भाडा-वर्तन, नगद र सुन, चाँदी नष्ट भएको र सोको विरण विवरण स‌कलन भइरहेकाे प्रहरी निरिक्षक कुसवाहाले जानकारी दिए । यसै गरी, स्थानीय राम सम्बाहाम्फेको ढुङगा, माटो र काठले बनेको टिनको छानो भएको दुई तले घर आंशिक रुपमा क्षति भएको छ ।

कबिन्द्र लावती र गोपेन्द्र रिजालको संयुक्त घरमा डेरा गरी बस्ने राम माया विकले सुगुरको चारो पकाएर सुत्न गएको बेला चुलोबाट अचानक आगो सल्की आगलागी भएको स्थानीयले बताए । घटनाको जानकारी पाउन साथ प्रहरी चौकी फाक्तेप, प्रहरी चौकी चिलिङदेन राँकेवाट खटिएका प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणका लागि फिदिम, देउमाई इलाम र इलाम नगरपालिकावाट दमकल हिडाए पनि आगो नियन्त्रणमा आएकोले फर्काइको थियो ।

आगलागीवाट कुनै मानवीय क्षती नभएको र भौतिक क्षतीको विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ । फाल्गुनन्द गाउँपालिकाले आगलागीवाट पीडित परिवारलाई प्रारम्भिक राहत वितरण गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : ०८ बजे