पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१ चैत्र, पाँचथर । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा बुधबार सम्पन्न प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा भेट्रान्स तर्फको उपाधी पाँचथरले हात पारेको छ ।

पाथिभरा याङवरक गाउँपालिकाद्धारा आयोजित प्रतियोगितामा पाँचथरका गणेशबहादुर राई र दिपक आङदेम्बेको जोडिले ताप्लेजुङका गजेन्द्र थलङ र सन्तोष चोङबाङलाई पराजित गर्दै उपाधी हात पारेका हुन् । पाथिभरा याङवरक गाउँपालिका मुकाम स्थित पाथिभरा ब्याडमिन्टन कवर्ड हलमा सम्पन्न फाईनल खेलमा पाँचथरका आङदेम्बे र राईले २१-६ र २२-२० को सोझो सेटमा ताप्लेजुङका थलङ र चोङबाङलाई पराजित गरेका थिए । उपाधी हात पारेको पाँचथरले नगद २० हजार, मेडल, ट्रफी र प्रमाण-पत्र प्राप्त गर्यो भने उपविजेतामा सीमित ताप्लेजुङले १५ हजार नगद, मेडल, ट्रफी र प्रमाण-पत्रमा चित्त बुझायो ।

यसै गरी, खुल्ला सिनियर ए तर्फको उपाधी तेह्रथुमका विवेक कन्दङवा र नविन सिलवालको जोडिले हात पारेको छन् । फाईनलमा पाँचथरका दिवश शंकर र दिपक आङदेम्बेको जोडीलाई पराजित गर्दै तेह्रथुमले उपाधी हात पारेको हो । पहिलो सेट २१-१७ ले आफ्नो पक्षमा पारेको पाँचथरले त्यसपछिका दुई सेट १२-२१ र १९-२१ ले सुम्पेको थियो । उपाधी हात पारेको तेह्रथुमले नगद ३० हजार, मेडल, ट्रफी र प्रमाण पत्र हात पार्यो भने उपविजेतामा सीमित पाँचथरले २० हजार नगद, मेडल, ट्रफी र प्रमाण पत्रमा चित्त बुझायो ।

सरकारी कर्मचारी डबल्स तर्फ आयोजक पाथीभरा याङ्वरक गाउँपालिकाका शिवकुमार काम्बाङ र केशव पौड्यालले मिक्वाखोला गाउँपालिकाका गजेन्द्र थलङको जोडीलाई पराजित गरेको छन् । यस विधा तर्फ विजेता र उपविजेताले क्रमशः नगद २० हजार १५ हजार रुपियाँ सहित ट्रफी, मेडल, प्रमाण-पत्र प्राप्त गरेका छन् ।

त्यस्तै मिक्स डबल्स तर्फ प्रेम माबो र भावनादेवी केदेमको जोडी विजेता तथा लासाङ तामाङ र शिवकुमार काम्बाङको जोडी उपविजेता बनेको छन् । विजेता र उपविजेतालाई १५ हजार र द्वितीयलाई १० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाण-पत्र प्रदान गरिएको छ ।

पाथीभरा याङ्वरक गाउँपालिकाले आफ्नो सातौं स्थापना दिवसको अवसरमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । आइतबार सुरु भएको प्रतियोगिताका बिजेता तथा उपविजेतालाई गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरे, जिल्ला ब्याडमिन्टन संघ ताप्लेजुङका अध्यक्ष सुरेश सिंघक लगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ८ : ४० बजे