पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

रमेश थापा

फिदिम। पाँचथरको फिदिम नगरपालिकाले अनुदानमा इन्डक्सन चुलो बितरण गर्न थालेको छ । नगरपालिकाले १४ वटा वडाका नागरिकलाई दुई चरण गरी ९६० थान विद्युतिय चुलो बितरण गर्न लागेको हो । पहिलो चरण अन्तरर्गत ४६० थान मध्ये वडा नम्बर ४ का स्थानीयलाई १७० थान इन्डक्सन चुलो ५० प्रतिशत अनुदानमा बितरण गरेको छ । बाँकी रहेको चुलो वडा नम्बर १ र २ का वडाबासीलाई क्रमश बितरण गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ ।
नगरको चालु आर्थिक वर्ष २०८०/०८१ को १८ लाख, ४४ हजार १६० रुपैयाँ र उपभोक्ताको १८ लाख ४४ हजार १६० गरी ३६ लाख ८८ हजार ३२० बजेटबाट ९६० थान बिद्युतिय चुलो बितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ । जसमध्ये पहिलो चरणमा खरिद गरेको ४६० थान चुलो ५० प्रतिशत अनुदान बितरण गर्न थालिएको नगरप्रमुख मित्रप्रसाद काफ्लेले बताए । नगरपालिकाले प्रति चुलो ३ हजार ८४२ रुपैयाँमा खरिद गरेको छ । जसको ५० प्रतिशत १९२१ रुपैयाँ उपभोक्ताले ब्यर्होनु पर्नेछ । विद्युतिय चुलोमा सबै प्रकारको भाडा प्रयोग गर्न मिल्ने भएकाले लागत खर्च केही बढेको नगरप्रमुख काफ्लेको भनाइ छ ।
नगरपालिकाले खरिद गरेको ४६० थान वडा नम्बर १, २ र ४ का वडाबासीलाई बितरण गर्दै आएको छ । त्यस्तै दोस्रो चरणमा ५ सय थान इन्डक्सन चुलो खरिद प्रकृया अघि बढेको नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले बताए । नगरपालिकाले मागको आधारमा सबै वडामा अनुदानको विद्युतिय चुलो बितरण गर्ने न्यौपानेको भनाइ छ । नगरपालिकामा हालसम्म चुलो माग गर्नेको संख्या ८२० पुगेको छ । थप माग पनि भएकाले आवश्यकता अनुसार बितरण गर्दै लाने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ८ : ०३ बजे