पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

रमेश थापा

यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा दादुरा रुबेला खोप संचालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तरर्गत फागुन २३ देखी २७ गतेसम्म ५ वटै वडामा खोप संचालन हुन लागेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाले पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम मार्फत अभियान सुरु गर्न लागेको जनाएको छ ।
कार्यक्रमको सहजिकरण गर्दै जनस्वास्थ्य कार्यालय पाँचथरका जनस्वास्थ्य अधिकृत लवरेञ्ज शाह, स्वास्थ्य शाखा प्रमुख केदार खड्काले अभियानको विषयमा प्रकाश पारेका थिए । गाउँपालिकामा पाँच दिनसम्म संचालन हुने अभियान सफल पार्न सबै बर्ग र समुदायका नागरिकहरुलाई अभियानमा जोड्न गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले आग्रह गरे । लावतीले पालिकाबासीलाई दादुरा र रुबेला रोग बिरुद्धको खोप अभियान सफल र प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।
गाउँपालिकाले ९ महिनादेखि ५ वर्षमूनीका सबै बालबालिकाहरुलाई वडाका खोप केन्द्रमा दादुरा रुबेला खोप संचालन गर्न लागेको जनाएको छ । अभिमुखीकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी, वडाअध्यक्ष, कार्यपालिका सदस्य, संघ सस्थाका प्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १० : ०९ बजे