पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१९ फागुन, पाँचथर । वाइवाइ चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता- २०८० को उपाधी त्रिभुवन आर्मी क्बलको पोल्टामा परेको छ । फिदिम माविको खेल मैदानमा शनिबार सम्पन्न फाईनलमा आयोजक पाँचथर क्लबलाई ४–२ गोल अन्तरले हराउँदै आर्मीले उपाधी पोल्टामा पारेको हो ।

सुरुवातवाट नै आक्रमक रणनीति लिएर मैदान उत्रिएकाे आर्मीले ३१ औं मिनेटमा पहिलो गोल गरेको थियो । आर्मीका पदम तामाङले विपक्षी डिफेन्स लाईन क्लियर गर्दै अगाडि वढाएर गरेको शक्तिशाली प्रहार पाँचथरका गोलरक्षक मिराक खजुमले रोके पनि रिबाण्डमा पाएको अवसरमा गोल गर्दै आफ्नो टिमलाई १–० को अग्रता दिलाए । खेलको ३९ औं मिनेटमा पाँचथरले बराबरी गोल फर्कायो । पाँचथरका दिनेश शेर्माले डिबबस्क भित्र मिलाएकाे पासलाई आशिष चापागाईले जाली चुमाएर खेल १–१ को अवस्थमा फर्काए । बाँकी समयमा कुनै पनि टिमबाट गोल नभएपछि पहिलो हाफ बराबरीमा सकिएको थियो ।

दोस्रो हाफ सुरु भएपछि आक्रमक देखिएको पाँचथरका प्रशान्त लक्समले ४६ औं मिनेटमा गोल गर्दै खेल २–१ को अवस्थमा पु¥र्याए । उनले डिबक्स बाहिरवाट गरेको प्रहार विपक्षी खेलाडीसँग डिफ्लेक्ट हुँदै गोल भएको थियो । खेलको ५३ औं मिनेटमा आर्मीले बराबरी गोल फर्कायो । डिबक्स नजिकै पाएको फ्रिकिकलाई आर्मीका सन्तोष केसीले सहजै गोल गरे । दोस्रो हाफमा मैदान प्रवेश गरेका आर्मीका दिपकुमार लामाले क्रमशः ६२ र ७८ औं मिनेटमा गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गरे । लामाले पहिलो गोल वान भर्सेस वानमा गरेका थिए भने दोस्रो गाले दुई जना विपक्षी डिफेन्सलाई छक्लाउँदै गोल पोष्टको दिशा दिएका थिए ।

उपाधी उचालेको आर्मीले पुरस्कार रु ५ लाख ५५ हजार ५ सय ५५ नगद, ट्रफि, मेडल र प्रमाण पत्र हात पा¥र्यो । उपविजेतामा सीमित आयोजक पाँचथर क्बलले २ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कारका साथै ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझायो । यसै गरी, उत्कृष्ट गोलकिपर आर्मीका नबिन परियार, उत्कृष्ट डिफेन्डर आर्मीकै बसन्त तामाङ बने । यसै गरी, उत्कृष्ट मिडफिल्डर आर्मीका रुपेश क्षत्री बने भने उत्कृष्ट प्रतिक्षक आर्मीकै आर्द मल्ल बने । प्रतियोगिता अवधिभर ३ गोल गरेका पाँचथरका शुक्रराज राई सर्वाधिक गोलकर्ता बने । उनीहरु सवैले जनही रु १० हजार पुरस्कार हात पारे । प्रतियोगिताको उदयमान पाँचथरका मनिष क्षत्री र सर्वोत्कृष्ट खेलाडी पाँचथरकै रोशन आङदेम्बे बने । उनीहरुले जनही १५ हजार पुरस्कार प्राप्त गरे ।

फाईनल खेलको म्यान अफ दि म्याद आर्मीका पदम तामाङ घोषित भए । उनले नगद रु ५ हजार पुरस्कार प्राप्त गरे । यसै गरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तान सुटआउट अफ दि हिरो बने । फ्यान अफ दि म्याच मुविन नेम्बाङ बने । दुवै जनाले जनही रु २ हजार ५ सय पुरस्कार पाए । फ्यान अफ दि टुनामेन्ट ज्येष्ठ नागरिक नरन्द्रकुमार सम्बाहाम्फे बने ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १० : ५० बजे