पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१६ फागुन, पाँचथर। चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनल खेल आजवाट सुरु हुने भएको छ । पहिलो सेमिफाईनलमा आयोजक पाँचथर फुटबल क्बलले राइटलेन एजुकेशन बाग्मती युथ क्लव सर्लाहीको सामना गर्दैछ ।

दिउँसो २:३० वजे हुने खेलमा दुवै टोली फाईनल प्रवेशको लक्ष्य साथ मैदान उत्रनेछन् । स्थानीय खेलाडीहरुलाई अवसर दिएको आयोजक टिमलाई घरेलु मैदान र दर्शकको साथ छ । क्वाटर फाईनलमा उत्कृष्ट प्रदर्शन गरेको आयोजकको टिम सन्तुलित देखिएको छ । क्वाटरफाइनलमा सप्तरीको नमोबुद्ध युथ क्लब लाई ३-० गोलले हराउदै पाँचथर क्लबले सेमिफाइनल यात्रा तय गरेको थियो ।

बामतीले क्वाटरफाइनलमा पथरी ११ लाइ हराउदै सेमिफाइनल प्रबेश गरेको थियो । टाइब्रेकर ४-१ गोल अन्तरको जित हाँसिल गरेको बागमती सी डिभिजनको क्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको क्बल हो ।

प्रतियोगिताको दोस्रो सेमिफाईनलमा विहिबार झापा ११ र त्रिभुवन आर्मी क्बल भिड्ने भएका छन् । दोश्रो क्वाटरफाइनल खेलमा रेडहर्स क्लब इलामलाई १(० गोलले हराउदै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ । यसै गरी, मंगलबार सम्पन्न अन्तिम क्वाटर फाईनलमा पाहुना टोली भारतको हिल्स फुटबल क्लब खर्साङलाई १(० पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनल प्रवेश गरे

प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ र उपबिजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष निशान शिवकोटीले बताए । साथै व्यक्तिगत विधा तर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही १० हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको सर्वोत्कोष्ट र उदयमान खेलाडीले जनही १५ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष शिवाकोटीले जानकारी दिए । प्रतियोगिताको फाईनल खेल फागुन १९ गते हुनेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १ : ४६ बजे