पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१५ फागुन, पाँचथर । वाईवाई चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा पाहुना टोली भारतको हिल्स फुटबल क्लब खर्साङलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा मंगलबार भएको अन्तिम क्वाटर फाईनलमा  हिल्स विरुद्ध १–० गोलको कठिन जित दर्ता गर्दै आर्मी सेमिफाईनल प्रवेश गरेको हो ।

दुवै टोलीले पहिलो हाफ शूल्य शून्यको बराबरी खेले । दुवै टोलीले गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोल रहित टुंगिएको थियो । खेलको ४७ औँ मिनेटमा आर्मीका दिशान्त राईले गोल गरेर टिमलाई अग्रता दिलाए । आर्मी बिरुद्ध आक्रमक फुटबल पस्के पनि गोल गर्न नसक्दा पाहुना टोली प्रतियोगिताको पहिलो खेलवाट नै बाहिरिन बाध्य भयो ।  

मंगलबारको खेलमा आर्मीका गोलकर्ता दिशान्त राई म्यान अफ दी म्याच घोषित भए । उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे । यसै गरी, फ्यान अफ दि म्याद नितिका राई घोषित भईन् । उनले २ हजार ५ सय पुरस्कार पाईन् ।

मंगलबारको खेलसँगै चौथो पाँचथर गोल्डकपको सेमिफाईनल समिकरण पूरा भएको छ । सेमिफाइनलको पहिलो खेलमा बुधबार आयोजक पाँचथर क्लबले बागमती युथ क्लब, सर्लाहीको सामना गर्नेछ । त्यस्तै बिहिबार हुने दोस्रो सेमिफाईनलमा झापा ११ र त्रिभुवन आर्मी क्लब आमने सामने हुने भएका छन् ।

प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ र उपबिजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष निशान शिवकोटीले बताए । साथै व्यक्तिगत विधा तर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही १० हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको सर्वोत्कोष्ट र उदयमान खेलाडीले जनही १५ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ८ : ५९ बजे