पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

फागुन १४, पाँचथर । सुरेश सिंघकको अध्यक्षतामा जिल्ला ब्याडमिन्टन संघ ताप्लेजुङ गठन भएकाे छ। फुङ्लिङमा शनिवार सम्पन्न संघको वार्षिक साधारण सभा तथा पाँचौं जिल्ला अधिवेशनले सिंघकको अध्यक्षमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

कार्य समितिको प्रथम उपाध्यक्ष सन्तकुमार गुरुङ, उपाध्यक्ष प्रेमराज लिम्बू, सचिव रामकुमार गुरुङ र कोषाध्यक्ष गंगाराम गुरुङ चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा सूर्यमान ओख्राबु, नरेन्द्रकुमार इधिङ्गो, किशोर आङ्बुहाङ, हर्कमति लिम्बू, सरोजकुमार लिम्बू र नन्दकुमार बानियाँ रहनुभएको छ ।

नवगठित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक धनबहादुर थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनको गर्नु भएको थियो । कार्यक्रममा प्रदेश ब्याडमिन्टन संघका संयोजक योगेश्वर श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको हाे ।

नवनिर्वाचित अध्यक्ष सिंघकले ब्याडमिन्टन खेलको विकासका लागि सवैसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

नयाँ गठित कार्य समितिले सोही दिन बैठक मार्फत सुरोज मादेन र सागर गुरुङलाई उपाध्यक्षमा मनोनित गरेको छ । मनोनित दुईजना उपाध्यक्ष सहित ब्याडमिन्टन संघको नयाँ कार्यसमिति बनेको छ । कार्य समितिमा जिल्ला खेलकुद विकास समितिले २ जना सदस्य सिफारिस गर्नु पर्ने बैधानिक व्यवस्था रहेको प्रदेश समितिका संयोजक श्रेष्ठले बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ३ : २२ बजे