पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

फागुन १२, नवमीडाँडा । फाल्गुनन्द गाउँपालिका १ स्थित सिद्धेश्वरी मावि सुर्केनागीमा बालविवाह न्यूनिकरण सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

फाल्गुनन्द गाउँपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा सामुदायिक विद्यालयका किशोर किशोरी तथा बालक्लवका पाधिकारीहरुसँग बालविवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बालविवाहका कारणहरु, असरहरु, बालविवाह रोकथाम गर्ने उपायहरु, बालविवाह सम्बन्धी कानुनी व्यवस्था, बालविवाह न्यूनिकरणमा सरोकारवालाहरुको भूमिका लगायतका विषयमा छलफल भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा उक्त विद्यालयका किशोरकिशोरी तथा बालक्लवका पदाधिकारी विद्यार्थीहरु, शिक्षकहरु विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु लगायत ७८ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोपाल लुइँटेलको प्रमुख आतिथ्यता र प्रधानाध्यापक दिपकप्रसाद दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको सहजीकरण फाल्गुनन्द गाउँपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख रेजिना चापागाईं र सहजकर्ता युधिष्टिरराज आमगाईंले गर्नु भएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  २ : ४२ बजे