पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१२ फागुन, पाँचथर । ब्याडमिन्टन खेलका चार खेलाडी र एक जना प्रशिक्षकलाई शुक्रबार फिदिममा सम्मान गरिएको छ ।

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता तथा खुल्ला भेट्रान्स व्याडमिन्टन प्रतियोगिता समापन समारोहमा जिल्ला खेलकुद विकास समिति पाँचथरले उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुने खेलाडीहरुमा पाँचथरका अग्रज खेलाडी खड्ग थापा मगर, बल थापा, सकुन्तला नेम्बाङ र प्रदेश केसी रहेका छन् । यसै गरी, वरिष्ठ ब्याडमिन्टन प्रशिक्षक उत्तम सिंखडालाई पनि सम्मान गरिएको छ ।

अग्रज खेलाडी खड्ग थापा मगर र बल थापा

समापन समारोहका प्रमुख अतिथि प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र हस्तान्तरण गरेर प्रशिक्षक तथा खेलाडीहरुलाई सम्मान गरेका हुन् । अग्रज खेलाडीहरुले वाटो देखाएका कारण अहिले ब्याडमिन्टन खेल लोकप्रिय भएकाले उनीहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको प्रमुख अतिथि वाग्लेले बताए ।

ब्याडमिन्टन खेलाडी सकुन्तला नेम्बाङ र प्रदेश केसी

प्रशिक्षक सिंखडा राष्ट्रिय खेलकुद परिषदवाट सेवा निवृत कर्मचारी समेत हुन् । उनले पाँचथर सहित विभिन्न जिल्लामा पुगेर ब्याडमिन्टन खेलाडीहरुलाई प्रशिक्षण गराएका थिए । यसै गरी, खड्ग थापा मगर पाँचथरमा ब्याडमिन्टन सुरुवात गराउने सीमित खेलाडी मध्येका एक हुन् । उनी हाल ब्याडमिन्टन संघका सल्लाहकार रहेका छन् । सम्मानित थापा र नेम्बाङ भने पाँचथर हुँदै तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रको प्रतिनिधित्व गर्दै २०६५ मा आयोजित पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए । केसी पाँचथर जिल्लाका सफल र उत्कृष्ट खेल कौसल भएका ब्याडमिन्टन खेलाडी हुन् । उनले क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुँदै उपाधी समेत हात पारेका थिए ।

बरिष्ठ ब्याडमिन्टन प्रशिक्षक उत्तम सिंखडा

सम्मानित खेलाडी केसीले ब्याडमिन्टन खेलमा आफुले गरेको लगानी कदर भएको प्रतिक्रिया दिए । ब्याडमिन्टन खेलको विकासमा योगदान पु¥याउने प्रशिक्षक तथा अग्रज खेलाडीहरुलाई सम्मान गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ३ : ०२ बजे