१० फागुन, पाँचथर । पाँचथरमा जारी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा बिहिबार पाँचै बिधाका खेलहरु सम्पन्न भएका छन् । बिहिबार महिला एकल र पुरुस एकल तर्फ क्बाटर फाइनलका खेलहरु सक्पन्न भएका छन् ।
महिला एकलमा मोरङकी सिमा राजवंशी, उदयपुरकी रोजी राई, पाँचथरकी छाँया केरुङ, झापाकी अञ्जना राई विजयी हुँदै सेमि पुगेका छन् । सिमाले तेह्रथुमकी भावना चुडाललाई २१-५ र २१-९ को सो
झो सेटमा हराउदा रोजीले सङखुवासभाकी अलीना श्रेष्ठलाई २१-२३, २१-७ र २१-५ को सेटमा हराउदै सेमीको यात्रा तय गरिन । पाँचथरकी छाँयाले घनकुटाकी अरुण तामाङलाई २१-१५, १७-२१ अन्तिीम सेटमा २१-१६ कोजित सँगै सेमिको यात्रा तय गरिन । झापाकी अञ्जनाले ताप्लेजुङकी सरुना गुरुङलाई २१-६ र २१-११ को सेटमा हराउदै सेमि पुगेकी हुन् ।
पुरुष एकलमा भोजपुरका विशाल तामाङ, भोजपुरका विवेक श्रेष्ठ, तेह्रथुमका विवेक कन्दवा, ताप्लेजुङका मिलन गुरुङ विजयी हुँदै अन्तिम चारमा पुगेक पुगेका छन् । बिशालले पाँचथरका दिबस शंकरलाई हराउदै सेमि पुगेका हुन् । विवेक श्रेष्ठले तेह्रथुमका नबिन सिल्बाललाइ हराए । विवेक कन्दवाले सोलुका संगुन काकीलाई हराए । ताप्लेजुङका मिलन गुरुङले उदयपुरका सुजल चौधरीलाई हराए ।
जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा भइरहेको प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेका हुन् । प्रतियोगिताका खेलहरु जिल्ला समन्वय समिती पाँचथरको कभर्डहलमा संचालन भइरहेको छ ।
प्रतियोगितामा महिला पुरुष एकल, युगल र मिश्रित युगलका खेलहरु पनि भएका छन् । भेटान्ट्रास तर्फ दोश्रो चरणका खेलहरु सकिएका छन् । मिश्रित युगल तर्फ पनि दोश्रो चरणका खेलहरु सकिएका छन् । सबै बिधाका खेलहरुको फाइनल शुक्रबार हुनेछ । प्रतियोगितामा कोशी प्रदेशका १४ वटा जिल्लाको ६८ जना खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका विजेताले ट्रफिसहित २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खुल्ला भेट्रान्स प्रतियोगिता तर्फ ४५ वर्ष माथि र दुई जना खेलाडीको उमेर जोड्दा १०० वर्ष माथि गरि दुई विधाको खेल हुने आयोजकले जनाएका छन् । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका विजेताले ३० हजार र दोस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
हेटौंडामा फागुन २४ गते देखि हुने अन्तर प्रदेश स्तरीय प्रतियोगिताका लागि जारी प्रतियोगिताबाट महिल र पुरुषतर्फ समान ३ खेलाडी छनोट गरिने बताइएको छ ।
प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १२ : ०१ बजे
प्रतिक्रिया