पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

९ फागुन, पाँचथर । पाँचथरमा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन् जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले गरे ।

पाँच विधामा संचालन गरिएको प्रतियोगिताको पहिलो दिन मेन्स र वुमेन्स सिङ्गल तर्फका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको पहिलो दिन पुरुस तर्फका पुरुस एकल र महिला तर्फको महिला एकलको दोश्रो चरण खेलहरु सम्पन्न भएको छन् ।

पुरुष एकल तर्फ भोजपुरका बिशाल तामाङ, पाँचरका दिवश शंकर, तेह्रथुमका नबिन सिलवाल, भोजपुरका बिकेक श्रेष्ठ, सोलुखुम्बुका सगुन कार्की, तेह्रथुमका बिकेक कन्दवा, उदयपुरका सुजल चौधरी, ताप्लेजुङका मिलन गुरुङ क्वाटर फाइनल प्रबेश गरे ।

महिला एकल तर्फ मोरङकी सिमा राजबशि तेह्रथुमकि भावना चुडाल, उदयपुरकी राजी राई, सङखुवासभाकि अलिना श्रेष्ठ, पाँचथरकी चाहाना केरुङ,घनकुटाकी अरुण तामाङ, सोलुखुम्बुकी पुजा मगर, र झापाकी अञ्जना राई क्वाटर फाइनल प्रबेश गरेका छन् ।

जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा भइरहेको प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेका हुन् । प्रतियोगिताका खेलहरु जिल्ला समन्वय समिती पाँचथरको कवर्डहलमा संचालन भइरहेको छ । प्रतियोगितामा मेन्स डबल, मेन्स सिंगल, विमेन डबल, विमेन सिंगल र मिक्स डबलका खेलहरु हुने जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए । प्रतियोगितामा कोशी प्रदेशका १४ वटा जिल्लाको ६८ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका बिजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीले मेडल सहित नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फ ४५ वर्ष माथि र दुइ जना खेलाडीको उमेर जोड्दा १०० वर्ष माथि गरि दुई विधाको खेल हुने आयोजकले जनाएका छन् । । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका बिजेताले ३० हजार र उपबिजेताले १५ हजार प्राप्त गर्ने छन् ।

आगामी फाल्गुन २४ गते देखि हेटौडामा हुने अन्तर प्रदेश स्तरीय प्रतियोगिताको खेलाडी छनोट समेत यसै प्रतियोगिताबाट ३ जना पुरुस र ३ जना महिला खेलाडी छनोट गरिने मोक्तानले जानकारी दिए । प्रतियोगितामा प्राबिधिक सहयोग जिल्ला ब्याटमिन्टन संघले गर्ने छ । प्रतियोगिता सम्पन्न गर्न १८ लाख खर्च हुने आयोजकको अनुमान छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ९ : ३१ बजे