पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा
८ फागुन, पाँचथर । पाँचथरकाे फिदिममा आयाेजना हुने प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे तयारी पूरा भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरले मंगलबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताकाे तयारी पूरा भएको जनाएको हाे ।

प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा ब्याडमिन्टन संघकाे प्राविधिक सहयाेगमा फागुन ९ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश स्तरीय सहित खुल्ला भेट्रान्स पनि समावेश गरिएको छ ।प्रतियोगिताका खेलहरु जिल्ला समन्वय समिति पाँचथरको कवर्डहलमा संचालन हुनेछ ।

प्रतियोगितामा मेन्स डबल, मेन्स सिंगल, विमेन डबल, विमेन सिंगल र मिक्स डबलका खेलहरु हुने जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए । प्रतियोगितामा कोशी प्रदेशका १४ वटा जिल्लाको ६८ जना खेलाडीहरुको सहभागिता रहने छ ।

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका बिजेताले ट्रफि,मेडल सहित नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फ ४५ वर्ष माथि र दुइ जना खेलाडीको उमेर जोड्दा १०० वर्ष माथि गरि दुई विधाको खेल हुने आयोजकले जनाएका छन् । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका बिजेताले ३० हजार र उपबिजेताले १५ हजार प्राप्त गर्ने छन् ।

आगामी फाल्गुन २४ गते देखि हेटौडामा हुने अन्तर प्रदेश स्तरीय प्रतियोगिताको खेलाडी छनोट समेत यसै प्रतियोगिताबाट गरिने मोक्तानले जानकारी दिए । प्रतियोगितालाइ फिदिम नगरपालिकाले समेत आर्थिक सहयोग गरेको छ । प्रतियोगितामा प्राबिधिक सहयोग जिल्ला ब्याटमिन्टन संघले गर्ने छ । प्रतियोगिता सम्पन्न गर्न १८ लाख खर्च हुने आयोजकको अनुमान छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ८ : १३ बजे