पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो

फिदिम । फिदिमको छाब्दी बाराही मन्दीरमा लिम्बू भाषा, कथामा आधारित चलचित्र ‘लोजिमा’को विशेष प्रदर्शन गरिएको छ । सिक्किमको लिम्बू परिवेशमा गएको कात्तिकमा छायाँङ्कन गरिएको लोजिमा फिदिममा शनिबार प्रदर्शन गरिएको हो ।

रोमाञ्चक प्रेमकाहानीको माध्यमबाट लोपन्मुख लिम्बू भाषा लिपि प्रबर्द्धन हुनेगरि यस चलचित्रको कथाबस्तु बुनिएको छ । लोजिमाको सम्बाद ७० प्रतिशत लिम्बू भाषामा रहेको छ । पाथीभरा च्यानल व्यानरमा सागर केरुङको कथा तथा आशाहाङ आङ्बोको लगानीको लोजिमाको छायाङ्कन रविन्द्र बरालले गर्नुभएको हो ।

यस चलचित्रको कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहायक निर्देशक दिपक अधिकारी, नृत्य निर्देशक सुस्मा योञ्जन र श्रृङ्गारकर्मी नरेश खरेल हुनुहुन्छ ।
लोजिमामा आशाहाङ आङ्बो, बिमला खजुम, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिवाङ लगायतको अभिनय रहेको छ । यसमा सिक्किमे कलाकारहरुको पनि अभिनय देख्न पाइन्छ । यस अघि सिक्किममा पनि लोजिमाको विशेष प्रदर्शन गरिएको छ । अव देश विदेशको विभिन्न ठाउँमा पनि प्रदर्शन गर्ने योजना रहेको निर्माता आशाहाङ आङ्बोले सुनाउनुभयो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ५ : ०६ बजे