पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाँचथरले बुधबार सरस्वती पुजा तथा पुस्तक दिवसको अवसरमा पाँचथर सदरमुकाम फिदिमस्थित बाल मन्दिर आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई बिभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले सामाजिक उत्तरदायीत्व अन्तर्गत केही बर्षदेखि बिभिन्न शैक्षिक सामाग्री तथा खेलकुदका सामाग्रीहरु वितरण गदै आएको छ । बाल मन्दिरका २६ जना बिद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी बुधबार कापी, पेन्सिल, डटपेन, इरेजर, साप्नर, कलरपेन्सिल, तथा अध्ययन चार्टलगायतका सामाग्रीहरु बितरण गरेको हो ।

कार्यक्रममा संविधानसभा सदस्य भीष्मराज आङदेम्बेको प्रमुख आतिथ्यमा पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय सदस्य उमेश अधिकारी अध्यक्ष बिपेन्द्र गौतम उपाध्यक्ष नारायण बुढाथोकी, सचिव नोमप्रसाद सापकोटा र कोषाध्यक्ष शंकर आङदेम्बेलगायतका व्यक्तिहरुले उक्त सामाग्रीहरु बिद्यार्थीहरुलाई हस्तान्तरण गर्नुभएको हो ।

गत बर्ष पनि यस्तै अवसरमा फिदिम माबिका बिद्यार्थीहरुलाई यस्तै शैक्षिक सामाग्रीहरु र कारागारका कैदी बन्दीहरुलाई खेलकुद सामाग्रीहरु बितरण गरेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ९ : ४२ बजे