पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१ फागुन, पाँचथर । चौथो पाँचथर गोल्डकप प्रतियोगिता– २०८० मा ८ टिमको सहभागिता रहने भएको छ । आयोजक पाँचथर फुटबल क्लबले मंगलबार फिदिममा पत्रकार सम्मेलन मार्फत प्रतियोगितामा सहभागी टिम सार्वजनिक गरेका हो ।

फिदिम माविको खेलमैदानमा फागुन १२ गतेबाट सुरु हुने प्रतियोगितामा आयोजक पाँचथर क्लब, ए डिभिजन क्लब त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौ र झापा ११ फुटबल क्लब झापाकाे सहभागिता रहने भएको छ । यसै गरी, बाग्मती फुटबल क्लब सलार्ही, पथरी ११ फुटबल क्लब मोरङ, रेर्डहर्स फुटबल क्लब इलाम र नमो बुद्ध युवा फुटबल क्लब सप्तरीका साथै एक अन्तराष्ट्रिय टिमको रुपमा भारतको हिल्स फुटबल एकेडेमीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

चौथो पाँचथर गोल्डकप प्रतियोगिता– २०८० मा सहभागी टिम

प्रतियोगिताको विजेताले ५ लाख ५ हजार५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले बताए । प्रतियोगितामा म्यान अफ दि म्याचले नगद ५ हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले समान १० हजार प्राप्त गर्ने छन् । उदीयमान खेलाडी र प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले समान नगद १५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा हरेक दिन सुटआउट हिरोले नगद २ हजार ५ सय र फ्यान अफ दि म्याच हुने दर्शकले नगद २ हजार ५ सय प्राप्त गर्ने अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

यस अघि २०७६ को चैतमा भएको प्रतियोगिता विविध कारणले नियमित हुन नसकेको आयोजक पाँचथर क्लबका सचिव योगराज सेढाईले बताए । प्रतियोगिताको अनुमानित सञ्चालन गर्न ५९ लाख वढि खर्च हुने सचिव सेढाईले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल फाल्गुन १९ गते हुने छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ७ : ४४ बजे