पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

युधिष्ठिरराज आमगाई

फिदिम । पाँचथरमा चार जना स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । समथिङ फाउण्डेशन नेपाल, पाँचथरले समथिङ राष्ट्रिय सम्मान र समथिङ राष्ट्रिय पुरस्कारवाट दुई / दुई जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।
फाउण्डेशनले समथिङ राष्ट्रिय पुरस्कार २०७८ बाट बनेपा ८ काभ्रेपलाञ्चोकका मोहन दुवाल र २०८० बाट दमक १ झापाका प्रा.डा. गोबिन्दराज भट्टराइलाई पुरस्कृत गरेको हो । उनीहरुलाई जनही ५५ हजार ५ सय ५५ रुपैँया सहित दोसल्ला र कदर पत्र प्रदान गरिएको हो ।
त्यस्तै समथिङ राष्ट्रिय सम्मान २०७८ बाट फिदिम १ की शान्ता गौतम र २०८० बाट फिदिमकै मिना राई सम्मानित भएका हुन् । उनीहरुलाई जनही ५ हजार ५ सय ५५ रुपैँयासहित सम्मानपत्र प्रदान गरिएको हो ।


पुरस्कृत स्रष्टा दुवाल जनमत साहित्यक मासिकका प्रधान सम्पादक हुन् । साहित्य सम्पादन र लेखनमा साधना गर्ने दुवालले कविता, बाल कविता, नियात्रा, मुक्तक लगायतका विधामा दुई दर्जन भन्दा वढि कृतिहरू प्रकाशित छन् ।
पुरस्कृत ब्यक्तित्व प्रा.डा. भट्टराई साहित्यमा उपन्यासका साथै समालोचनामा कलम चलाउनुका साथै उनका दर्जनौ कृति प्रकाशित छन् । नेपाली साहित्यमा उत्तरआधुनिकताको चर्चा चलाएका डा. भट्टराई त्रिभूवन विश्वविद्यालयवाट सेवा निवृत प्राध्यापक हुन् ।
सम्मानित ब्यक्तित्व शान्ता गौतम शिक्षण पेशावाट सेवा निवृत हुन । उनि कविताका साथै गीत लेखनमा कलम चलाउने स्रष्टा हुन् । बाल कविता समेत सिर्जना गर्ने गौतमले कक्षा २ को कक्षागत गीत समेत लेखेकी छन ।
सम्मानित ब्यक्तित्व मिना राई गृह जिल्ला पाँचथरमानै बसि समाज सेवाका साथै साहित्यमा लामो समय देखि निरन्तर कलम चाउने स्रष्टा हुन् । उनका कविता र संस्मरणहरु प्रकाशित छन् ।
फिदिम बजार स्थित पाँचथर उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न ‘स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’ का प्रमुख अतिथि पूर्व गृहराज्यमन्त्री दीपक प्रकाश बाँस्कोटाले चार जना स्रष्टाहरुलाई पुरस्कार र सम्मान प्रदान गरे । फाउण्डेशनका तत्कालिन मूख्य संरक्षक स्व. गुरुङ रामप्रकाश समथिङको ५५ औँ जन्म जयन्तीको अवसरमा सोमबार स्रष्टालाई पुरस्कार र सम्मान प्रदान गरिएको हो ।

स्व. गुरुङको व्यक्तित्वबारे साहित्यकार तथा नेपाली काँग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले चर्चा गरेका थिए । पुरस्कृत र सम्मानित स्रष्टाहरुको चिनारी पत्रकार महासंघ पाँचथरका अध्यक्ष गरिराज बाँस्कोटा र साहित्यकार खड्ग बोहोराले गरेका थिए ।
प्रमुख अतिथि बाँस्कोटाले साहित्यलाई आध्यात्मसँग जोड्नुपर्ने तर्क गरे । कार्यक्रममा सहभागिहरुले साहित्यबाचन समेत गरेका थिए । अधिकांशले स्व. गुरुङले साहित्यमा पुर्याएको चर्चा गरे । फाउण्डेशनका अध्यक्ष मंगल बेघाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व गृहराज्य मन्त्री दिपकप्रकाश बास्कोटा

दुई वर्षको अन्तरमा सम्मान तथा पुरस्कार वितरण गर्ने भनिए पनि वि.स. २०७८ सालमा कोभिड– १९ को महामारीका कारण स्थगित गरिएको थियो । स्थगित गरिएको सहित यस पटक संयुक्त रुपमा सम्मान तथा पुरस्कार वितरण गरिएको अध्यक्ष बेघाले जानकारी दिए ।
यस अघि २०७६ सालमा उत्तरवर्ती सोचका अभियन्ता तुम्बेवा गाउँपालिका १, आङना निवासी कवि राज माङलाकलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । यसै गरी, हिलिहाङ गाउँपालिका ५ निवासी विद्या निर्दोशीलाई सम्मान प्रदान गरिएको थियो ।
को हुन राप्रकाश समथिङ
नाम रामबहादुर गुरुङ भए पनि रामप्रकाश समथिङ भनेर चिनिएका समथिङ पत्रकारिता, साहित्य, समाजसेवा, मानव अधिकार लगायतका क्षेत्रमा क्रियाशील थिए । उनको जन्म जिल्ला पाँचथर फिदिम नगरपालिका १२ मा स्व. जसमाया र बावु स्व. असलबहादुर गुरुङको कोखबाट २०२६ साल माघ २९ गते भएको थियो । पछिल्लो समय जिल्ला सदरमुकाम फिदिम नगरपालिका १, फिदिम वजारमा बसोबास गर्दै आएका समथिङको उपचारका क्रममा झापाको विएण्डसी अस्पतालमा २०७९ भदौ ३० गते निधन भएको थियो ।
समथिङले साहित्यिक एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका थिए । एकै पटक २२ ओटा उपन्यास लेखन तथा प्रकाशन गरेर चर्चा कमाएका उनले जीवन कालमा ५५ ओटा कृति लेखन तथा प्रकाशन गरेका थिए भने पाण्डुलिपिका रुपमा रहेका दुई ओटा कृतिहरु उहाँको निधन पश्चात प्रकाशित छन् ।
उनलाई २०७७ चैत १९ गते यमुनादेवी–बैजनाथ भट्टराई स्मृति प्रतिष्ठान, मैवाखोला साँघु ताप्लेजुङबाट यमुनादेवी–बैजनाथ भट्टराई स्मृति सम्मान पुरस्कारबाट पुरस्कृत गरिएको थियो । नेपाली साहित्यमा पुर्याएको योगदानको कदर गर्दै २०७९ साल बैशाख ०१ गते बिहिबारका दिन सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री पदकबाट सम्मानित भएका थिए । यसका साथै दर्जनौ संघ संस्थावाट सम्मानित उनका श्रीमती र दुई छोरा रहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ८ : २१ बजे