पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२३ माघ, पाँचथर । नेपाली कांग्रेसका नेता केशव कुमार बुढाथोकीको सोमबार राती निधन भएको छ । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन हो।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका बुढाथोकीलाई एक हप्ता अगाडिदेखि निमोनियाले सताएको थियो । निमोनियाका साथै ब्लड प्रेसर पनि वढेपछि शरीरका अरु अंगमा समेत असर पुर्याएकाले उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनको पार्थिव शरीरलाई गृहजिल्ला झापा पुर्याएर कन्काई धाममा अन्त्येष्टि गरिने नेपाली कांग्रेस प्रदेश सभापति उद्धव थापाले बताए ।

बुढाथोकीलाई हक्की स्वभाव र स्पस्ट वक्ताका रुपमा चिनिएको नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले जानकारी दिए । आम नेता कार्यकर्ताले उहाँलाई प्रेरणाको स्रोतका रुपमा लिनु पर्ने निवर्तमान सभापति केरुङको बताए ।

बुढाथोकीले २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए । पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय बुढाथोकी लेखन क्षेत्रमा पनि अभ्यस्त थिए । बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ९ : ०३ बजे