पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । बेलायतमा बसोबास गर्ने नेपालीबाट लाखौ रकम ठगी गरेको आरोप लागेका सुर्यकुमार नेम्बाङ पक्राउ परेका छन । बेलायतको लन्डनमानै बसोबास गर्दै आएका नेम्बाङलाई पाँचथरको फिदिम नगरपालिका ४ गढी स्थित आफ्नो घर आएका वेला पाँचथर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमान्डौंको अनुरोधमा पाँचथर प्रहरीले सोमबार फिदिमबाट नेम्बाङलाई पक्राउ गरि काठमान्डौ पठाएको छ ।
बेलायत कानूनको ‌औपचारिक अध्ययन नगरेका नेम्बाङले आफु ईमिग्रेसन एडभाईजर हुँ भन्दै भूतपुर्वक गोर्खा सैनिक तथा उनका परिवार संग लाखौं रुपैया असुलेको आरोप लागेको छ । रकम नदिनेलाई उनले विभिन्न घाक धम्की पनि दिने गरेको पिडितले बताएका छन । उनले अवैध रुपमा उठाएको रकम हुन्डी मार्फत नेपाल पठाउने गरेको अनुसन्धानबाट खुलेको छ । लाखौ ठगिको आरोप लागेका नेम्बाङ विरुद्ध जिल्ला प्रहरी परिसर काठमान्डौंमा उजुरी परे पछी सो उजुरीको आधारमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ११ : १७ बजे