पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । प्रथम एनआरएनए इलाम गोल्डकप- २०८० को उपाधी न्युरोड टिम (एनआरटी)को पोल्टामा परेको छ । इलामको टुडिखेलमा शनिबार सम्पन्न फाइनलमा विर्तामोड युनाईटेड झापालाई टाईब्रेकरमा ४-३ गोल अन्तिरले हराउँदै काठमाण्डौंको ए डिभिजन क्लब एनआरटीले उपाधी पोल्टामा पारेको हो ।

खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि सिधै टाईब्रेकरमा लिइएको थियो । टाईब्रेकरमा एनआरटीका १ र विर्तामोडका २ खेलाडीको प्रहारमा गोलकिपर बाधक बनेपछि विर्तामोडको उपाधी चुम्ने सपना चकनाचुर भएको थियो ।

एनआरटीका जय गुरुङ, सुमित श्रेष्ठ, प्रिसो र विवेक मगरको प्रहारले जाली चुमेको थियो भने तेस्रो प्रहार लिएका राजिव लोप्चनको वल विर्तामोडका गोलरक्षक सन्दिप लिम्बूले रोकेका थिए । यसैगरी, विर्तामोडका योगेश गुरुङ, श्याम र्मुर्मु र देवेन्द्र तामाङको प्रहारले जाली चुम्दा तेस्रो र चौथो प्रहार लिएका प्रदिप बुडाथोकी र एञ्जल गुरुङको प्रहार एनआरटीका गोल रक्षक प्रिसोले बचाउ गरेका थिए ।

उपाधी चुमेको एनआरटीले ५ लाख रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे । उपाधी विजेता खेलाडीलाई इलाम नगरका प्रमुख केदार थापाले पुरस्कार हस्तान्तरण गरे । उपविजेता बनेकाे विर्तामोडले ३ लाख रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । उपविजेतामा सीमित खेलाडीहरुलाई एनआरएनएका सचिव पारशमणी पोख्रेल पुरस्कार हस्तान्तरण गरे ।

फाईनल खेलको म्यान अफ दि म्याच विर्तामोडका युसुफ थपलिया घोषित भए । उनले ५ हजार नगद पुरस्कार र ट्रफी हात पारे । प्रतियोगिताको उत्कृष्ट किपर एनआरटीको प्रिसो, उत्कृष्ट डिफेन्डर विर्तामोड युनाईटेडका सन्जित राई, उत्कृष्ट मिडफिल्डर विर्तामोडकै युनाईटेडका योगेश गुरुङ र वेस्ट फरवार्ड एनआरटीको राजिव लोप्चन घोषित भए । उदयमान खेलाडी रेडहर्ष एफसीका विवेक मगरले हात पार्दा प्रतियोगिता भरमा ४ गोल गरेका रेडहर्ष एफसीकै नवयुग श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित भए । उत्कृष्ट खेलाडी विर्तामोड युनाईटेडका रोहन कार्की घोषित भए भने उत्कृष्ट प्रशिक्षक एनआरटीका हरिओम श्रेष्ठ चुनिए । व्यक्तिगत विधा तर्फ उपाधी हात पार्ने प्रशिक्षक तथा खेलाडीहरुले जनही रु १० हजार नगद पुरस्कार र ट्रफी हात पारे ।

गत शनिबारवाट सुरु भएको प्रतियोगितामा भारत दार्जेलिङको मानेभन्ज्याङ फुटबल क्बल, एनएसएल क्लब बुटवल लुम्बिनी एफसी, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही र पाँचथर फुटबल क्बल, आयोजक रेडहर्ष एफसी सहित बिर्तामोड युनाइटेड झापा र उपाधी विजेता ए डिभिजन क्बल एनआरटी काठमाण्डौंको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ७ : २८ बजे