पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दमक । झापाको दमकस्थित व्यस्त बजारमा अपरिचित दुईजनाले एकजना वृद्धाको साथबाट एक तोलाभन्दा बढी सुनका गरगहना लुटेर फरार भएका छन् ।

बुधवार दिउँसो नगरपालिका रोडमा पर्ने एडभान्स हस्पिटल अगाडिबाट दमक ३ की ६७ वर्षीया नैनकला विश्वकर्माको १ तोला २ आनाको सुनको सिक्री र कानको मरवाडी ठगेर दुईजना फरार भएका हुन् ।

अन्दाजी ३५/४० वर्षको जस्ता देखिने ती युवाले फलाममा जलप लगाएर सुन जस्तो देखाई विश्वकर्मालाई केही समयका लागि तपाईंको सुन दिनु र हाम्रो यो सुन बिक्री गरिदिएबापत केही पैसा पनि दिउँला भनी सुनको सिक्री र कानमा लगाएको मरवाडी लुटेर फरार भएका नैनकलाकी छोरी मीनाले जानकारी दिइन् ।

घटनाका विषयमा इलाका प्रहरी कार्यालय दमकमा जानकारीसहित निवेदन दिइएको पीडित परिवारले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १२ : ५९ बजे