पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । एनआरएनए प्रथम इलाम गोल्डकप- २०८० मा काठमाण्डौंको न्यूरोड टिम (एनआरटी) फाईनल प्रवेश गरेको छ । इलामको टुडिखेलमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक रेडहर्ष फुटबल क्लबलाई सडन डेथमा ४-३ गोल अन्तिरले हराउँदै एनआरटी फाईनल प्रवेश गरेको हो ।

खेलको निर्धारित समय १-१ को बराबरीमा सकिएपछि सिधै टाईब्रेकरमा लिइएको थियो । टाईब्रेकरमा समेत बराबरी गोल भएपछि सडन डेथवाट नजिता लिइएको हाे ।

पहिलो हाफको ४२ औं रेडहर्ष एफसीले अग्रता लियो । बिनोद धमलाले मिलाई दिएको पासलाई राष्ट्रिय टोली तथा त्रिभूवन आर्मीका फरवार्ड नवयु श्रेष्टले जाली चुमाउँदै रेडहर्षलाई १-० को अग्रता दिलाए । दोस्रो हाफमा आक्रमक फुटबल खेलेलेको एनआरटीले निर्धारित समय सकिन ३ मिनेट अगाडि गोल गर्दै खेल १-१ को स्थितिमा पुर्यायो । एनआरटीका लागि विदेशी खेलाडी ग्लोरीले बाँयावाट आएको पासलाई हेड मार्फत जाली चुमाएका थिए ।

टाइब्रेकरमा आयोजक रेडहर्षका पिकेश लोक्ताम, विशाल घलान, शरण विक्राम सिंह बस्नेतको प्रहार गोलमा परिणत हुँदा छिरिङ गुरुङ र नवयुग श्रेष्ठको प्रहार एनआरटीका गोलरक्षक प्रिसोले रोकेका थिए । एनआरटीका सुमित श्रेष्ठ, जय गुरुङ र प्रिसोको प्रहार गोलमा परिणत हुँदा ग्लोरीको प्रहार आयोजकका गोलरक्षक विवेक मगरले रोकेका थिए भने सनम लिम्बूको प्रहार क्रस बारमा लागेको थियो।

सडन डेथमा भने आोजकका एकराज बुढाथोकीको प्रहार आकासिँदा एनआरटीका राजीव लोप्चनको प्रहारले जाली चुमेपछि एनआरटी फाइनल प्रवेश गर्यो ।

खेलको म्यान अफ दि म्याच एनआटीका गोलकिपर प्रिसो भए । उनले नगद ५ हजार पुरस्कार प्राप्त गरे । बिहिबार हुने दोस्रो सेमिफाइनलमा पाँचथर फुटबल क्बलले बिर्तामोड युनाइटेड क्बल झापासँगको सामना गर्नेछ ।

भारतको दार्जेलिङ सहित ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : ३२ बजे