पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । प्रथम एनआरएनए इलाम गोल्डकप- २०८० मा सुनसरीको राष्ट्रिय जागृति क्लबलाई हराउँर्दै झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रबेश गरेको छ । इलामको टुडिखेलमा आईतबार सम्पन्न दोस्रो क्वाटर फाईनल खेलमा जागृतिलाई ३-० ले हराउँदै विर्तामोड सेमिफाईनलमा प्रवेश गरेको हो ।

बिर्तामोडले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गर्दै नजिता आफ्नो पक्षमा पारेको थियो । विर्तामोडका हिसुब थपलियाले खेलको ३५ औं मिनेटमा गोल गर्दै टिमलाई १-० ले अग्रता दिलाए । उनले दोस्रो हाफ सुरु भए लगत्तै ५१ औं मिनेटमा व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे । खेलको ८६औँ मिनेटमा प्रशान्त लक्समले गोल गरेर खेल ३-० को स्थितिमा पुर्याए । बिर्तामोडका हिसुब थपलिया खेलको म्यान अफ दी म्याच छानिए । उनले ५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको तेस्रो क्वाटर फाईनलमा सोमबार काठमाडौँको ए डिभिजन क्लब न्यू रोड टिम (एनआरटी)ले सर्लाहीको बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

रेडहर्स एफसी इलामद्वारा आयोजित प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : १९ बजे