पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । प्रथम मुदुकहाङ गोल्डकप फुटवल प्रतियोगिताको उपाधी कुम्मायकको सयपत्री क्लवले जितेको छ । फाल्गुनन्द गाउँपालिका–१, अम्लाबुङ (नवमिडाँडा)मा बिहिबार सम्पन्न फाइनलमा फाल्गुनन्दकै टु स्टार क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै सयपत्री क्लबले उपाधी उचालेको हो ।

उपाधी जितेको सयपत्री क्लबले रु ७० हजार नगद, ट्रफि मेडल र प्रमाण-पत्र प्राप्त गर्यो । उपविजेतामा सीमित टु स्टारले ४० हजार रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाण-पत्रमा चित्त बुझायो ।

फाइनल खेलको म्यान अफ द म्याच सयपत्रीका दिनेश लिम्बू घोषित भए । गोल्डकपमा सर्वाधिक गोलकर्ता टु स्टारका जसहाङ नेम्बाङ भए । उनले प्रतियोगिता अवधिभर ६ गोल गरे । सयपत्रीका रोचक लावती वेष्ट गोलकिपर, लोकेन्द्र थापा म्यान अफ द सिरीज भए । यसैगरी, टु–स्टारका सन्तोष लिम्वू वेष्ट प्लेयर र वेगम गुरुङ वेष्ट डिफेन्डर घोषित भए ।

प्रतियोगितामा पाँचथर जिल्ला स्थित ८ क्लवहरुको सहभागिता रहेको आयोजक तिजोक युवा क्लव अध्यक्ष हेमराज आङदेम्बेले जानकारी दिनुभयो ।

सिद्धदेवि माविको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितालाई पापोहाङ आङ्देम्बे ताङसेप सङ्जुम्भो केन्द्रिय समितिले प्रायोजन गरेको थियो । मुदुकहाङ, पापोहाङ आङ्देम्बे थरीहरुको पुर्खा रहेकाे र उनको स्मृतिमा गोल्डकप आयोजना गर्न प्रायोजन गरिएको समितिका सचिव विजयहाङ आङदेम्बेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ६ : ३५ बजे