पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । याङवरक गाउँपालिले आयोजना गरेको प्रथम उपाध्यक्ष कप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी हिलिहाङ गाउँपालिकाले उचालेको छ । याङवरक गाउँपालिका ६ स्थित नागीमा बुधबार सम्पन्न फाईनलमा याङवरकलाई पराजित गर्दै हिलिहाङले उपाधी उचालेको हो ।

उपाधी हात पार्न हिलिहाङले याङवरक विरुद्ध ३–१ ले खेल आफ्नो पक्षमा पारेको थियो । पहिलो सेट २५–२२ जितेको हिलिहाङले दोस्रो सेट भने १५–२५ ले याङवरकलाई नतिजा सुम्पिएको थियो । तेस्रो र चौथो सेटमा क्रमशः २५–२० र २५–२३ को जित निकाल्दै हिलिहाङ प्रतियोगिताको च्याम्पियन बनेको हो ।

अघिल्लो दिन स्थगित भएको दोस्रो सेमिफाईनलमा याङवरकले ३–० को सोझो सेटमा फालेलुङलाई पराजित गर्दै उपाधी नजिक पुगेको थियो । याङवरकले फालेलुङ विरुद्ध २५–२३, २५–१९, र २५–२२ को सेटमा नजिता आफ्नो पक्षमा पारेको थियो । यी दुई टिमबीच मंगलबार आयोजित सेमिफाईनल खेल समय अभावले स्थगित भएको थियो । दुवै टिमले २–२ सेट जित हात पारेपछि समय नपुगेको भन्दै अम्पायरले खेल स्थगित गरेका थिए । खेलमा फाल्गुनन्दले २५–९ र २५–१० ले पहिलो र दोस्रो सेटमा जित हाँसिल गरेको थियो भने तेस्रो र चौथो सेट २४–२६ र २१–२५ ले याङवरकलाई नजिता सुम्पिएको थियो ।

उपाधी उचालेको हिलिहाङले १ लाख ११ हजार १ सय ११ नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पा¥र्यो भने उपविजेतामा सीमित याङवरकले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझायो । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बेले, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी लगायतका अथितिहरुले पुरस्कार वितरण गरेका थिए ।

याङवरक गाउँपालिकाद्धारा आयोजित प्रतियोगितामा पाँचथर जिल्लाका आठ ओटै स्थानीय तहको सहभागिता रहेको उपाध्यक्ष बाबा मेन्याङबोले बताईन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ७ : २५ बजे