पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

इलाम । इलामको माई नगरपालिका–६, बिहीबारेमा बुबाले आफ्नै छोराको हत्या गरेका छन्। सामान्य घरायसी विवादमा बुबाले हानेको खुकुरीले छोराको मृत्यु भएको हो। स्थानीय ३६ वर्षे दिलकुमार राईले आफ्ना १९ वर्षीय छोरा जीवन राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सोमवार साँझ करिब ७ बजे बुबाले छोरालाई खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते जीवनको उपचारको क्रममा झापाको बि एन्ड सी अस्पतालमा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश जबेगूले जानकारी दिए। घटना पछि दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मदिरा सेवन गरेका कारण उनीहरूबीच विवाद भएको थियो।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १० : ५० बजे