पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

नवमिडाँडा । किराँतीहरुको चाड येले सम्वत ५०८४ कक्फेवा तङ्नाम माघे सक्रान्तीकोे अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा प्रथम मुदुकहाङ गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
पापोहाङ आङ्देम्बे ताङसेप सङ्जुम्भो केन्द्रिय समितिको मुख्य प्रायोजन र तिजोक युवा क्लव नवमीडाँडाको आयोजनामा प्रथम मुदुकहाङ फुट्बल प्रतियोगिता २०८० सञ्चालन हुने भएको हो ।
पाँचथर जिल्ला भित्रका एन्फासँग आबद्ध चर्चित ८ वटा ए डिभिजन क्लवहरुलाई सहभागी गराउने फुटबल प्रतियोगिता २०८० माघ १ गतेदेखि शुरु भइ माघ ४ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाको खेलमैदानमा सञ्चालन हुने प्रथम मुदुकहाङ गोल्ड कप फुटबल प्रतियोगिताको बिजेताले ७० हजार र उपविजेताले ४० हजार रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने आयोजक तिजोक युवाक्लवका सचिव कुबेर आङ्देम्बेले जानकारी दिनुभयो ।
सोही अवसरमा नवमीडाँडामा साङ्गीतिक कार्यक्रम, विभिन्न आदिवासी जनजातीहरुको मौलिक कला सांस्कृतिक भेषभुषा प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमहरु समेत सञ्चालन गरिने आयोजकलाई उद्धृत गर्दै हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १० : ११ बजे