पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । पाँचथर फुटबल क्लब (पीएफसी)ले पहिलो उपाधी हात पारेको छ । हालै गठन भएको क्लबले पाँचौ फिदिम नगर कप फुटबल प्रतियोगिताको च्याम्पियन बन्दै पहिलो उपाधि हात पारेको हो ।

फिदिम नगरपालिका ७ रानिटार स्थित बराजु रंगशालामा बुधबार सम्पन्न फाइनल खेलमा शनिश्चरे फुटबल क्लब झापालाई १–० गोलले पराजित गर्दै पीएफसी च्याम्पियन भएको हो । दोस्रो हाफको १६ औँ मिनेटमा पारस कार्र्कीले गरेको गोल नै निर्णायक बनेपछि कठिन जितका साथ पीएसी पहिलो उपाधी जित्न सफल भयो ।

उपाधि जितेसँगै पीएफसीले १ लाख ८० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥र्यो । उपबिजेता झापाले ९२ हजार नगद, ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

फाइनल खेलको म्यान अफ दी म्याच पीएफसीका गोलकर्ता पारस कार्की घोषित भए । पीएफसीकै जमिन लक्सम उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा ५ गोल गरेका झापाका प्रदिप बुढाथोकी सार्वाधिक गोलकर्ता बने ।

प्रतियोगिताका बिजेता, उपविजेता तथा व्यक्तिगत विधा तर्फ उपाधी हात पार्ने खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले पुरस्कार हस्तान्तरण गरे ।

स्वतन्त्र क्लब रानिटारको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा ८ टिमको सहभगिता रहेको थियो ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ८ : ४५ बजे