पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । व्यवसायी विपेन्द्र गौतमको अध्यक्षतामा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा पाँचथर गठन छन् । फिदिममा शनिबार सम्पन्न महासंघको सातौं जिल्ला अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो ।

अधिवेशनले चयन गरेकाे नौ सदस्यीय समितिको उपाध्यक्ष नारायण बुढाथोकी, सचिव नोम सापकोटा, कोषाध्यक्ष शंकर आङ्देम्बे रहेका छन् । यसै गरी, सदस्यहरुमा रमेश न्यौपाने, भगिरथ पौडेल, उपेन्द्र श्रेष्ठ र सबिन चम्लागाई चयान भएका हुन् ।

महासंघका केन्द्रीय सदस्य उमेश अधिकारीको उपस्थितिमा अधिबेशन सम्पन्न भएको थियाे।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : ५१ बजे