पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । पाँचौं फिदिम नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधी फिदिम माविले उचालेको छ । फिदिम माविको खेल मैदानमा बिहिबार सम्पन्न प्रतियोगितामा सहभागी २२ विद्यालयहरुलाई पछि पार्दै फिदिम माविले उपाधी उचालेको हो ।

प्रतियोगिताको आयोजक समेत रहेको फिदिम माविले उपाधी हात पार्ने क्रममा ४१ स्वर्ण, १२ कास्य र ८ रजत सहित ६१ पदक जितेको थियो । तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा रानीटार माविले द्धितीय स्थान हाँसिल गरेको छ । रानिटार माविले ७ स्वर्ण, ८ रजत र ६ कास्य सहित २१ पदक हात पारेको थियो । तृतीय स्थान हाँसिल गरेको नयाँ नमुना माविले ४ स्वर्ण, ३ रजत र ५ कास्य सहित १२ पदक हात पा¥र्यो ।

प्रतियोगितामा जनकल्याण माविले ३ स्वर्ण, ३ रजत र १ कास्य सहित जम्मा ७ पदक हाँसिल गरेको छ । यसै गरी सिद्धदेवी माविले २ स्वर्ण, ३ रजत र ५ कास्य सहित कुल १० पदक हाँसिल ग¥र्यो भने सुखबोध माविले २ स्वर्ण, ३ रजत र ३ कास्य सहित जम्मा ८ पदक हाँसिल गर्न सफल भयो । सिंहसिद्ध माविले १ स्वर्ण, ३ रजत र २ कास्य सहित जम्मा ६ पदक हाँसिल गरेको छ भने सरस्वती माविले १ स्वर्ण, २ रजत र २ कास्य सहित जम्मा ५ पदक हाँसिल गरेको छ ।

प्रतियोगितामा महादेव गुप्तेश्वर माविले १ स्वर्ण, २ रजत र १ कास्य सहित जम्मा ४ पदक प्राप्त गरेको छ । यसै गरी, कालिका माविले १ स्वर्ण, १ रजत र २ कास्य सहित जम्मा ४ पदक हात पा¥र्यो भने सिद्धकालिका माविले १ स्वर्ण, १ रजत र १ कास्य सहित जम्मा ३ पदक प्राप्त ग¥र्यो । खलांगाटार माविले १ स्वर्ण, १ रजत गरी जम्मा २ पदक प्राप्त ग¥र्यो भयो भने निलकण्ड इङलिस बोडिङ स्कुलले १ स्वर्ण र रजत २ सहित ३ पदकमा चित्त बुझायो । इथुङ माविले स्वर्ण १ र कास्य १ गरी २ ओटा पदक हात पारेको प्रतियोगितामा विद्यावरदान बोडिङ इङलिस स्कुलले रजत २ र कास्य १० गरी जम्मा १२ पदक हाँसिल ग¥र्यो ।

भगवती माविले रजत २ र कास्य १ गरी ३ पदक हात पा¥र्यो भने लुम्फाबुङ माविले रजत १ र २ कास्य गरी ३ ओटै पदक हाँसिल ग¥र्यो । यसै गरी, कालिका माविले १ रजत र १ कास्य गरी २ पदक हात पा¥र्यो भने मेची इङलिस बोडिङ स्कुल र समता स्कुलले समान १–१ रजत पदक हात पारे ।

फिदिम नगरपालिकाका चार नीजि सहित २२ मावि तहका विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा सामुदायिक विद्यालयहरु नै अब्बल देखिए । लगातार चार पटक राष्ट्रपति रनिङ शिल्डको उपाधी हाँसिल गरेको फिदिम माविले अन्य विद्यालयहरुलाई धेरै अंकले पछि पारेको थियो । उपलब्ध स्रोत साधन र विद्यार्थीहरुको मिहेनतले उपाधी हात लागेको फिदिम माविका प्रधानाध्यापक विनोद ठाकुले बताए ।

प्रतियोगिताको उद्घाटन फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले गत मंगलबार गरेका थिए । उद्घाटन सत्रमा विद्यार्थीहरुले मार्च पास सहित अन्य साँस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ९ : ३२ बजे