पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । परिवर्तित नाम गौशाला २२ लाई बलात्कार गरेको आरोप लागेका क्रिकेट खेलाडी सन्दिप लामिछाने विरुद्ध अदालतले अभियोग दावी पुग्ने फैसला गरेको छ । जिल्ला अदालत काठमाण्डौंका न्यायधीश शिशिरराज ढकालको इजलासले शुक्रबार क्रिकेटर लामिछानेलाई दोषी ठहर हुने फैसला गरेको हो ।

न्यायाधीश ढकालको इजलासमा पीडित र पीडक दुवै तर्फका कानुन व्यवसायीहरुले बहस सकेपछि अदालतले दोषी ठहर हुने फैसला गरेको हो । बहसका क्रममा पीडित गौशाला २६ ले पनि आफ्ना कुरा राखेकी थिइन् । लामिछानेकाे सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकिएकाे छ । साेही पेशीमा पीडितको क्षतिपूर्ति समेत अदालतले तोक्नेछ ।

एक किशोरीलाई ०७९ भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेकाे आरोपमा तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछाने विरुद्ध भदौ २१ गते प्रहरीमा उजुरी पेश भएकाे थियाे । प्रहरीले भदौ २२ गते उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । काठमाडौ जिल्ला अदालतले भदौ २३ गते आरोपित लामिछानेलाई गिरफ्तार गरी अनुसन्धान अघि बढाउन अनुमति दिएकाे थियाे । साे समयमा विदेशमा रहेका लामिछाने स्वदेश फर्किने क्रममा असोज २० मा त्रिभुवन विमानस्थलबाट गिरफ्तार भएका थिए ।

प्रहरीले लामिछाने विरूद्व कार्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतकाे आदेशले पुर्पक्षका लागि लामिछाने कारागार चलान भएका थिए । तर उच्च अदालत पाटनले उनलाई पुस २८ मा २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।

कारागारवाट बाहिर निस्किए पछि लामिछानेले देशकाे प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि खेलिरहेका छन्। पछिल्लाे समय पनि लामिछाने क्रिकेट खेलमा नै व्यस्त थिए ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ८ : २६ बजे