पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताउनु भएको छ ।

कांग्रेसको नेतृत्वले मात्रै मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै स्थिरता दिन सक्ने भन्दै सरकार परिवर्तन आजको आवश्यकता भएको उहाँको टिप्पणी छ । नेपाली कांग्रेसको जिल्ला सभालाइ संवोधन गर्न पाँचथर आइपुग्नुभएका नेता कोइरालाले एनसेल र सरणार्थी प्रकरणमा ठुला नेताको संलग्नता देखिन लाग्दा काण्डनै ओझेलमा पारिएको भन्दै आक्राेस ब्यक्त गर्नुभयो ।

जिल्ला सभालाइ संवोधन गर्न पाँचथर आइ पुग्नुभएका नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले नेपाली कांग्रेस मात्रै सबै जातजातीको संरक्षण गर्न सक्ने पार्टी भएको बताउनु भयो । सबैलाइ अटाउन र सबैलाइ जोड्न कांग्रेसले मात्रै सक्ने भएको भन्दै पहिचानको मुद्धाको समाधान बार्ताबाट खोज्नु पर्ने नेता आङदेम्बेको तर्क छ ।

सभालाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले प्रचण्ड नेतृत्वको सरकारले ठोस काम गर्न नसके कांग्रेसले काँधमा बोकिरहन नसक्ने दावी गर्नुभएको छ ।

पाँचथरको फिदिममा नेपाली कांग्रेस पाँचथरका सभापती रुपनारायण जवेगुको सभापतित्वमा शुक्रबार प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा २०१८ सालको सशस्त्र विद्रोहका योद्धा धोविनाथ नेम्वाङलाइ सम्मान समेत गरिएको छ । कार्यक्रममा जिल्लाभरीका क्षेत्रिय प्रतिनिधी सहित कांग्रेसका शुभेच्छुक तथा शुभचिन्तकको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ७ : ५० बजे