पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । जिल्ला अस्पताल पाँचथरमा तीन दिनसम्म सञ्चालन भएको निशुल्क आँखा शिविरवाट १ हजार ५ सय वढिले सेवा लिएका छन् । फिदिम नगरपालिकाको आर्थिक सहयोग तथा मेचि आँखा अस्पतालको सहकार्यमा पाँचथर क्लबले आयोजना गरेको शिविरमा आखाँका विरामीले सेवा लिएका हुन् ।

शिविरवाट १ हजार ५ सय ६३ जना विरामीले सेवा लिएको पाँचथर क्लबका सचिव योगराज सेढाईँले बताए । सचिव सेढाईँका अनुसार आँखा परीक्षण गरिएका विरामी मध्ये १ सय ३८ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ ।

शिविरमा निशुल्क शल्यक्रिया, औषधि र आवश्यकता अनुसार चश्मा समेत वितरण गरिएको आयोजकले जनाएको छ । शिविरवाट पाँचथर सहित तेह्रथुम र ताप्लेजुङका विरामीले समेत सेवा लिएको आयोजक संस्थाका अध्यक्ष निशान सिवाकोटीले बताए ।

शिविरमा आँखाको शल्यक्रिया गरिएको केही विरामीको पट्टि खोलेपछि शुक्रबार दिउँसो कार्यक्रमको समापन गरिने अध्यक्ष सिवाकोटीले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ८ : ३० बजे